News Portal

  • रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    रबिन्द्र बराल, मोरङ
    २३३ पटक

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 

    उक्त पिडितहरुको आवास निमार्णाका लागि रंगेली-७ मा रहेको मिनिल्याण्ड ईङलिस बोर्डिङ स्कुलका शिक्षक-शिक्षिका कर्मचारीहरुले एक दिनको आफ्नो तलब कट्टा गरेर नगद रु. ३६ हजार रुपैयाँ, बिधार्थीहरुबाट संकलित ११ हजार ७ सय रुपैयाँ र  बिधालय प्रसाशनबाट १३ हजार ३ सय रुपैयाँ गरी कुल रकम रु. ६१ हजार ५ रुपैयाँ नगरपालिकालाई संकलन गरेर हस्तान्तरण गरेका छन् । 

    नगरपालिकाका प्रमुख दिलिप बगडियालाई बिधालयका प्रिन्सिपल बिकर्ण कार्की, शिक्षिका प्रतीक्षा कार्की, अम्बिका पोख्रेल र बिधार्थीहरुबाट संकलित रकमको चेक हस्तान्तरण गरेका हुन्। 

    आगलागिमा घर जलेर ध्वस्त भएपछि उनीहरु अहिले खुल्ला आकास मुनी त्रिपालको साहारामा बस्न बाध्य छन्। आगलागी पिडित परिवारले खाधान्न, लत्ताकपडा लगायतको हरेक प्रकारको सहयोग गर्दै आएका छन्।

    विभिन्न संघसंस्थाहरुले राहत सामाग्री समेत  सहयोग समेत गर्दे आइरहेका छन। नगरपालिकाले समेत उक्त पिडित परिवारहरुको आवास निर्माणका लागि नगरपालिकाले आफ्नो कृषि बिकास बैकको खातामा सहयोग गर्ने अपिल समेत  गरेको थियो। 

    यो समचार तयार पार्दासम्म देश बिदेशमा रहेका तथा विभिन्न संध संस्थाहरुले २ लाख २१ हजार २५ ब्यक्तिहरुले सहयोग गरेका छन। नगरपालिकाले पिडित परिवारका घर निर्माणका लागि केही व्यक्तिले जग्गा समेत खरिद गरेको हुनाले उनीहरुको लाल पुर्जको सङ्कलन भईरहेको र नगरले प्रदेश तथा अन्य स्थानहरुमा समेत घर निर्माणकार्यका लागि आफूहरु लागि परेको र असारसम्ममा पिडित परिवारहरुलाई घरमा भित्र्याउने योजना रहेको नगर प्रमुख बगडियाले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...