News Portal

रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

रबिन्द्र बराल, मोरङ
२९९ पटक

चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 

उक्त पिडितहरुको आवास निमार्णाका लागि रंगेली-७ मा रहेको मिनिल्याण्ड ईङलिस बोर्डिङ स्कुलका शिक्षक-शिक्षिका कर्मचारीहरुले एक दिनको आफ्नो तलब कट्टा गरेर नगद रु. ३६ हजार रुपैयाँ, बिधार्थीहरुबाट संकलित ११ हजार ७ सय रुपैयाँ र  बिधालय प्रसाशनबाट १३ हजार ३ सय रुपैयाँ गरी कुल रकम रु. ६१ हजार ५ रुपैयाँ नगरपालिकालाई संकलन गरेर हस्तान्तरण गरेका छन् । 

नगरपालिकाका प्रमुख दिलिप बगडियालाई बिधालयका प्रिन्सिपल बिकर्ण कार्की, शिक्षिका प्रतीक्षा कार्की, अम्बिका पोख्रेल र बिधार्थीहरुबाट संकलित रकमको चेक हस्तान्तरण गरेका हुन्। 

आगलागिमा घर जलेर ध्वस्त भएपछि उनीहरु अहिले खुल्ला आकास मुनी त्रिपालको साहारामा बस्न बाध्य छन्। आगलागी पिडित परिवारले खाधान्न, लत्ताकपडा लगायतको हरेक प्रकारको सहयोग गर्दै आएका छन्।

विभिन्न संघसंस्थाहरुले राहत सामाग्री समेत  सहयोग समेत गर्दे आइरहेका छन। नगरपालिकाले समेत उक्त पिडित परिवारहरुको आवास निर्माणका लागि नगरपालिकाले आफ्नो कृषि बिकास बैकको खातामा सहयोग गर्ने अपिल समेत  गरेको थियो। 

यो समचार तयार पार्दासम्म देश बिदेशमा रहेका तथा विभिन्न संध संस्थाहरुले २ लाख २१ हजार २५ ब्यक्तिहरुले सहयोग गरेका छन। नगरपालिकाले पिडित परिवारका घर निर्माणका लागि केही व्यक्तिले जग्गा समेत खरिद गरेको हुनाले उनीहरुको लाल पुर्जको सङ्कलन भईरहेको र नगरले प्रदेश तथा अन्य स्थानहरुमा समेत घर निर्माणकार्यका लागि आफूहरु लागि परेको र असारसम्ममा पिडित परिवारहरुलाई घरमा भित्र्याउने योजना रहेको नगर प्रमुख बगडियाले बताए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...