News Portal

कर्णाली पुलबाट हामफालेका १७ जना युवा मध्ये एक जना युवा अझै बेपत्ता

हिमालीसंचार संवाददाता
२५७ पटक

चैत्र-१३, मंगलबार/काठमाडौं – होली पर्व मनाएर आएका १७ युवा युवाहरु मध्ये कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै एकाएक नदीमा हामफालेका युवाहरु मध्ये एक जना युवा अझै बेपत्ता छन् । 

प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय लोकेन्द्रबहादुर शाही अझै बेपत्ता रहेको प्रहरीले जानकारी दिएका छन्। गत सोमबार साँझसम्म खोजी कार्य गर्दा समेत नभेटिएको प्रहरीले जनाएको छ। 

हिजो सोमबार बेलुकीसम्म खोजी गर्दा पनि नभेटिएपछि खोजी कार्य रोकिएको प्रहरीको भनाई छ। प्रहरीले गोताखोर प्रयोग गरे पनि बेपत्ता भएका शाही नभेटिएको जनाकारी दिए। मंगलबार बिहानबाट पुनः खोजी सुरु गरिने समेत प्रहरीले जनाकारी दिएको छ। 

युवाहरूले एकएक नदीमा हामफालेको र डुंगाबाट खोजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हिजो सोमबार दिउँसो ती युवाहरूले कर्णाली नदीमा हाम फालेका हुन् । उनीहरुले होली पर्व मनाएर नुहाउनका लागि कैलाली चिसापानी स्थित कर्णाली नदीको पुलबाट एकपछि अर्का युबाहरुले नदीमा जम्प गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...