News Portal

कर्णाली पुलबाट हामफालेका १७ जना युवा मध्ये एक जना युवा अझै बेपत्ता

हिमालीसंचार संवाददाता
२९६ पटक

चैत्र-१३, मंगलबार/काठमाडौं – होली पर्व मनाएर आएका १७ युवा युवाहरु मध्ये कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै एकाएक नदीमा हामफालेका युवाहरु मध्ये एक जना युवा अझै बेपत्ता छन् । 

प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय लोकेन्द्रबहादुर शाही अझै बेपत्ता रहेको प्रहरीले जानकारी दिएका छन्। गत सोमबार साँझसम्म खोजी कार्य गर्दा समेत नभेटिएको प्रहरीले जनाएको छ। 

हिजो सोमबार बेलुकीसम्म खोजी गर्दा पनि नभेटिएपछि खोजी कार्य रोकिएको प्रहरीको भनाई छ। प्रहरीले गोताखोर प्रयोग गरे पनि बेपत्ता भएका शाही नभेटिएको जनाकारी दिए। मंगलबार बिहानबाट पुनः खोजी सुरु गरिने समेत प्रहरीले जनाकारी दिएको छ। 

युवाहरूले एकएक नदीमा हामफालेको र डुंगाबाट खोजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हिजो सोमबार दिउँसो ती युवाहरूले कर्णाली नदीमा हाम फालेका हुन् । उनीहरुले होली पर्व मनाएर नुहाउनका लागि कैलाली चिसापानी स्थित कर्णाली नदीको पुलबाट एकपछि अर्का युबाहरुले नदीमा जम्प गरेका थिए। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...