News Portal

गायक प्रकाश गुरुङको “माया धराने” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विनोद विश्वकर्मा, धरान
८८३ पटक

चैत्र-१२, सोमबार/धरान – युवा गायक प्रकाश गुरुङको आवाजमा रहेको म्युजिक भिडियो “माया धराने” हिजो ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

युवा गायक गुरुङले पछिल्लो समय म्युजिक क्षेत्रमा आफ्नो नाम स्थापित गर्नका लागि विशेष अभियान जस्तै नेपाली म्युजिक क्षेत्रमा संघर्ष गरिरहेका छन्। गायक गुरुङले “ब्याल्क डाइमन” उप-नामले आफ्नो परिचय दिन चाहन्छन्। 

युवा गायक गुरुङले उर्गेन दोङको शब्द संगीतमा अँगालोमा बाँधी तिमीलाई…” लगायतका गीत सार्वजनिक गरिसकेका गायक गुरुङले पछिल्लो समय “माया धराने” बोलको म्युजिक भिडियो धरानको श्रम संस्कृति पार्कमा छायांकन गरिएको गीत सार्वजनिक गरेका हुन्। 

सार्वजनिक गीतको शब्द तथा संगीत संवम् गायक गुरुङले नै गरेका हुन्। सार्वजनिक म्युजिक भिडियो “माया धराने”मा गायक गुरुङलाई चर्चित गायिका मेलिना मैनालीको आवाज रहेको छ। 

सार्वजनिक म्युजिक भिडियो किङ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो। सार्वजनिक गीतको सम्पादन राजु कार्कीले गरेका हुन्। उक्त गीत “माया धराने”को म्युजिक भिडियोमा गायक गुरुङ र विमला खाजुमको मुख्य अभिनय रहेको छ । 

त्यस्तै, धरानका श्रम संस्कृति पार्क धरान-१३ र धरान २० स्थित छायांकन गरिएको सार्वजनिक म्युजिक भिडियोमा धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ”को समेत विशेष भूमिका रहेको छ ।

सार्वजनिक म्युजिक भिडियोमा धरानमा श्रम गर्न जाँदा बसेको प्रेमलाई भिडियो मार्फत उजागर गरिएको छ।   धरानमा लगाएको माया चोखो हुन्छ भन्ने सन्तेश दिन खोजिएको छ। सार्वजनिक म्युजिक भिडियो “माया धराने”ले आम दर्शकको माया जित्ने विषयमा ढुक्क रहेको गायक गुरुङले हिमालीसंचारडटकमसंग बताएका छन्।

सार्वजनिक गीत “माया धराने” म्युजिक भिडियोलाई निर्देशक भीम लामाले निर्देशन गरेका हुन्। त्यस्तै, नृत्य निर्देशन भने नगेन्द्र राईले गरेका छन् । उक्त सार्वजनिक गीतको म्युजिक भिडियो सुमन तामाङले छायाङ्कन गरेको भिडियोको सम्पादन हेमन तामाङले गरेका हुन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...