News Portal

धरानका दुबै मृगौला पिडीत गायक राईलाई युकेबाट आर्थिक सहयोग

युकेबाट २ लाख ३६ हजार ५ सय ६० रुपैया सहयोग!

विकास चाम्लिङ राई, धरान
३३६ पटक

चैत्र-११, आइतबार/धरान – धरानका चर्चित गायक नवराम राईको उपचारका लागि हाल बेलायतलाई कर्मथलो बनाएका धरान १७ र १८ हाम्रो रत्न चौक निवासी परिवारबाट नगद २ लाख ३६ हजार ५ सय ६० रुपैया सहयोग प्रदान गरेका छन् ।

आर्थिक सहयोग रकम हाम्रो रत्नचोक परिवार समाजका अध्यक्ष उद्धव राई धरान १८ न. वडाध्यक्ष तथा समाजका सल्लहकार नरेन्द्रकुमार राई, “प्रविण”सल्लाहकार बालकुमार राई, उपाध्यक्ष तारा राई, शुक्र राई, सचिव नविन राई लगायतले गायक राईकै घरमा पुगेर शुक्रवार सहयोग रकम हस्तान्तरण गरेका छन्। सहयोग रकम रत्नचोक निवासी हाल बेलायत बस्नुहुने पदम राईको नेतृत्वमा संकलन गरेर नेपाल पठाएका हुन ।  

गायक राईले “गुरासको फेद मुनी, कालो-कालो रातको, बोलु भने दन्तैमा मोहनी जस्ता लोकप्रिया  गीतका गायक हुन नवराम राई। लामो समय धरान १७ रत्नचौक बसेका दुबै मृगौला पिडीत राई ११ नं वडा स्थित रिटिङमा बस्दै आएका छन्। गायक राईको दुबै मृगौलामा समस्या देखिएको छ। डाक्टरका अनुसार गायक राइले हप्तामा दुई पटक डायलासिस गर्न पर्ने भएको छ। 

गायक राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ । थप उपचारको लागि धरान बाहिर जान परे पैसा नभएको उनले उनी बताउछन । उनले सहयोगका लागि संचारमाध्यमबाट साथी-भाई, इष्टमित्रहरुलाई आग्रह गरेका थिए। लामो समय संगीत क्षेत्रमा विशेष योगदान दिएका राईले करिब डेढ दर्जन दीत आफै गाइसकेका छन् भने केही गीतमा संगीत समेत भरेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...