News Portal

सुम्निमा-पारुहाङ प्रतिमा निर्माणका लागि युकेबाट २ लाख ११ हजार सहयोग

परिवारबाट एम्बुलेन्स पनि सहयोग गर्ने!

विकास चाम्लिङ राई, धरान
२९० पटक

चैत्र-१०, शनिवार/धरान – सुम्निमा-पारुहाङ प्रतिमा निर्माणका लागि धरान-१८ रत्नचौक निवासी हाल युके बस्ने ध्यानवहादुर राईको परिवारले दुई लाख ११ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् ।

आर्थिक सहयोग रकम शुक्रवार धरान उपमहानगरपालिका मेयर हर्कराज राई “साम्पाङ “को कार्यकक्षमा धरान १८ न. वडाध्यक्ष प्रविण राईद्धारा सुम्निमा-पारुहाङ प्रतिष्ठान नेपालका उपाध्यक्ष राजेन्द्र राई र कोषाध्यक्ष दत्त लिम्बुको हातमा हस्तान्तरण गरेका थिए। 

सुम्निमा-पारुहाङ प्रतिष्ठान, नेपाल सुम्निमा-पारुहाङ निर्माणका लागि गठन गरिएको संस्था हो। वडाध्यक्ष राई सहयोगी ध्यानवहादुर राईका छोरा हुन्। सहयोग रकम वडाध्यक्ष राईका वुवा हाल युके पस्नु हुने ध्यानवहादुर राई, उनको श्रीमति पत्थरकुमारी राई, जेठा दाजु काजी राई र हाल हङकङ वस्नुहुने कान्छी वहिनी शान्ता राईद्धारा उक्त रकम पठाएका हुन्। 

हाम्रो परिवारबाट मेयर हर्कराज राई “साम्पाङ”को विभिन्न अभियानमा गरी करिब ७ लाख रुपैया सहयोग गरिसकेको राईले जानकारी गराए। आफ्नो परिवारले केही समयमा नै आफ्नो वाजे प्रतिध्वज राई र वोजु विर्जमाया राईको नाममा धरान उपमहानगरपालिकालाई एउटा एम्वुलेन्स समेत सहयोग गर्न लागेको जनाए। धरान उपमहानगरपालिकाका वित्पन्न र असहाय जनसमुदायहरुको लागि एम्विुलेन्स सहयोग गर्न लागेको वडाध्यक्ष राईले वताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा मेयर साम्पाङ, स्थानीय समाजसेवी शिव वान्तावा राई, २० न. वडाध्यक्ष पदम लिम्बु लगायतको उपस्थिति रहेको थियो । सुम्निमा-पारुहाङको प्रतिमा धरान २० स्थित चिन्डे डाडामा जनस्तरबाट आर्थिक सहयोग रकम संकलन गरी निर्माण गर्न लागेका हुन ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...