News Portal

स्थानिय स्तर वाटै ग्यास प्रयोगमा जनचेतना जगाउन आवश्यक – चन्द्र थापा

हिमालीसंचार संवाददाता
४१७ पटक

काठमाडौं -अत्यन्तै प्रज्वलनशिल पदार्थ एल पि ग्यास शहर देखि गाउँ गाउँ सम्म र घरायसी देखि व्यवशायीक प्रयोजनन सम्म प्रयोग भई रहेको वर्तमान अवस्थामा यसको प्रयोगमा जनचेतना जगाउनु को साथै विक्री वितरण लाई तत्कालै व्यवस्थित गरिन आवश्यक छ ।अहिले भइरहेको छरपस्ट डिलरका कारण वेला वेलाका विभिन्न समस्या हरु आउने हुन्छ ।

यसलाई व्यवस्थित गर्न गराउन विगतका दिनहरुमा थुपै प्रयास भए पनि अभियान ले पुर्णता पाउन सकेको छैन । जब जब प्रयोगमा जनचेतना को कमि सगै अरु र अन्य विविध कारणले दुर्घटनाहरु वढ्छ,अनि सुधारात्मक कुराहरु को चर्चा शुरु हुन्छ । दिनहरु वित्दै जान्छन,दुर्घटनामा कमि आउछ अर्थात भए पनि सुनिदैन,उठान भएका सुधारात्मक अभियानहरु पनि विस्तारै विस्तारै सेलाउदै जान्छ ।

यसै क्रममा ग्यास विक्रेता महासंघको पदाधिकारी टिमबाट माननिय उधोग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीलाई भेट गरि ग्यास प्रयोगमा जनचेतना मुलक कार्यक्रम स्थानिय स्तरबाट गरिनु पर्ने,कारोवारलाई व्यवस्थित वनाउन छरपष्ट रुपमा रहेका डिलर,डिष्ट्रीव्युटरहरुलाई व्यवस्तित गर्न गराउन।

विक्रेता प्रमाणिकरण अभियानलाई पुर्णता दिनु पर्ने,ग्यास कारोवारमा लगानी वढि नाफा कम हुने व्यवशाय भएकोले कारोवारको थ्रेसहोल्ड कम्तिमा दुई करोड वनाई दिन,कारोवारमा देखिएको मिक्सम्याच लाई पुन:एक पटक जरिवाना नलिकन सल्टाउन महासंघ ले सरकार संग अनुरोध गरेको छ ।यसरी नै आउने दिनहरुमा स्कुल कलेजहरु ले प्रज्वलनशिल वस्तु ग्यास प्रयोग संवन्धमा उपभोक्ता सचेतना संवन्धी शिक्षाहरु पाठ्यक्रम मै समावेस गर्न आवश्यक देखिन्छ माहासंघ अध्यक्ष थापा भन्छन ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...