News Portal

सद्भाव बचतद्वारा अग्नि पिडित महिलाहरूलाई साडी वितरण

रबिन्देर बराल, मोरङ
१८२ पटक

चैत्र-७,बुधबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रङ्गेली नगरपालिका ३ स्थित बाबु साहेब टोलमा भएको आगलागी पीडित परिवारका महिलाहरू दिदि-बहिनीहरुलाई साडी वितरण गरेको छ।

सहकारी संस्थाले ३५ घर परिवारलाई साडी वितरण गरेको हो। संस्थाले एक कार्यक्रमको आयोजना गर्दैं उपमेयर भूमा पराजुली, वडाअध्यक्ष भरत प्रसाईं, संस्थाका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुर, श्रीप्रसाद ठाकुर र स्थानीय समाजसेवी बुद्धिजीवी लगायतको विशेष उपस्थितिमा ३५ थान साडी वितरण गरिएको हो।  

संस्थाले यस्तो सामाजिक कार्यलाई हरेक ठाउँमा गर्दै आइरहेको बताएको छ। आगामी दिनमा पनि यस्तो सहयोगको लागि संस्था सदैव तत्पर रहेको संस्थाका अध्यक्ष ठाकुरले हिमालीसंचारडटकमसंग बताए। 

अध्यक्ष ठाकुरका अनुसार सो गाउँका तीनजना एसईई  दिने तीन जना विद्यार्थीहरूलाई समेत परिक्षामा  आवश्यक पर्ने शैक्षिक सामग्रीहरू उपलब्ध गराउने र एसईई परिक्षापछि उनीहरू इन्जिनियरिङ्ग पठनपाठन गर्नु पर्ने भए उनीहरुलाई आवश्यक सहयोग गर्ने समेत बताए ।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...