News Portal

सद्भाव बचतद्वारा अग्नि पिडित महिलाहरूलाई साडी वितरण

रबिन्देर बराल, मोरङ
१७२ पटक

चैत्र-७,बुधबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रङ्गेली नगरपालिका ३ स्थित बाबु साहेब टोलमा भएको आगलागी पीडित परिवारका महिलाहरू दिदि-बहिनीहरुलाई साडी वितरण गरेको छ।

सहकारी संस्थाले ३५ घर परिवारलाई साडी वितरण गरेको हो। संस्थाले एक कार्यक्रमको आयोजना गर्दैं उपमेयर भूमा पराजुली, वडाअध्यक्ष भरत प्रसाईं, संस्थाका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुर, श्रीप्रसाद ठाकुर र स्थानीय समाजसेवी बुद्धिजीवी लगायतको विशेष उपस्थितिमा ३५ थान साडी वितरण गरिएको हो।  

संस्थाले यस्तो सामाजिक कार्यलाई हरेक ठाउँमा गर्दै आइरहेको बताएको छ। आगामी दिनमा पनि यस्तो सहयोगको लागि संस्था सदैव तत्पर रहेको संस्थाका अध्यक्ष ठाकुरले हिमालीसंचारडटकमसंग बताए। 

अध्यक्ष ठाकुरका अनुसार सो गाउँका तीनजना एसईई  दिने तीन जना विद्यार्थीहरूलाई समेत परिक्षामा  आवश्यक पर्ने शैक्षिक सामग्रीहरू उपलब्ध गराउने र एसईई परिक्षापछि उनीहरू इन्जिनियरिङ्ग पठनपाठन गर्नु पर्ने भए उनीहरुलाई आवश्यक सहयोग गर्ने समेत बताए ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...