
चैत्र-५, सोमबार/मोरङ – रङ्गेली नगरपालिका भित्र रहेका सार्वजनिक विद्यालयहरूका प्रधानाध्यापक र शिक्षा साखाका कर्मचारीहरूको संयुक्त आयोजनामा अग्निपिडित बालबालिकाहरूलाई विद्यालय जानबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथ प्रधानाध्यापकहरूले आर्थिक सङ्कलन गरी १७ हजार रुपैयाँ बराबरको कपी, डट पेन र ब्याग वितरण गरिएको छ।
स्थानीय अग्नी पिडित परिवारका विद्यार्थीहरूलाई परीक्षामा सहभागी हुन सहज होस भन्ने उदेश्य सहित यस्तो सामाग्री वितरण गरिएको सहयोगदाताहरुले बताएका छन्। रङ्गेली नगरपालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको विशेष सक्रियतामा विद्यार्थीहरुलाई राहत स्वरुप शिक्षा सामग्री वितरण गरिएको शिक्षा अधिकृत रबिन्द्र पण्डित, प्रअ अरबिन्द कुमार साह,अर्जुन राजवंशी, जय प्रसाद पाठक, नित्यानन्द दास, महेन्द्र पण्डित, ज्योति राजवंशी, उमेश पण्डित, प्रदीप न्यौपाने, विश्वर्शिङ राई, अभिन सरदार हरिश्चन्द्र अधिकारी,कमलचन्द राजवंशी, राजेश राजवंशी, लाल बहादुर अधिकारी, राजदेव यादव, उषा निरौला लगायतको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
अस्मिता मुर्मू , रोसन मुर्मु , सुनिल मुर्मु, विपिन मुर्म, भूमिका मुर्मू , अमृता मुमू, दिपेश मुर्मु लगायत ३१ जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
रङ्गेली नगरपालिका वडा नम्बर ३ स्थित बाबु साहेव टोलमा भएको आगलागिका पीडित परिवारका बालबालिकाहरुको आगलागीबाट किताव-कपी जलेर नष्ट भएपछि विद्यार्थीहरू पढाइबाट वञ्चित भएका थिए भने यस्तो शैक्षिक सामग्रीले विद्यार्थीहरूको आत्मबल बढाउने र विद्यालय समेत नियमित जाने भएको हुनाले यस्तो सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापकहरुले बताए ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
