News Portal

मोरङ रंगेलीका अग्नि पिडितलाई सुनचाँदी व्यवसायी सङ्घद्वारा रात वितरण

रबिन्द्र बराल, मोरङ
३५३ पटक

चैत्र-५, सोमबार/मोरङ – मोरङको सुनचाँदी व्यवसाय सङ्घ विराटनगरले रङ्गेली नगरपालिका वडा नम्बर ३ स्थित बाबु साहेव टोलमा भएको आगलागिका पीडित परिवारहरुलाई राहत वितरण गरेको छ।

व्यवसाय सङ्घका प्रतिनिधिहरु स्थानीय पिडीतसम्म पुगेर राहत स्वरुप चामल, तेल, दाल, चप्पल, लत्ताकपडा अग्नि पिडित परिवारलाई बितरण गरेका हुन्। गत शनिबार भएको भीषण आगलागिमा २७ धर जलेर नष्ट भएको थियो । 

अग्नि पिडीतहरुको दैनिक जीवन यापनमा कष्टकर भएको जानकारी पाएपछि जिल्लाका सुनचाँदी व्यवसायीहरु राहत लिएर पुगेका हुन। उनीहरूले २५ केजीचामल,२लिटर तेल, दाल, नुन, चप्पल, लत्ताकपडा, साबुन, तुथपेष्ट लगायतका रेगुलर राहत सामग्री वितरण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशिप्रदेशका अध्यक्ष रमेश रसाइलीले जानकारी दिए।  

अध्यक्ष सहित पूर्वकानून मन्त्री लीला बल्लभ अधिकारी, उपप्रमुख भुमा पराजुली, वडाअध्यक्षहरु, उप-सभापति लीलाबहादुर विश्वकर्मा, सशी भुषण साह, सचिव रमेश कुमार श्रेष्ठ, महासचिव मीनबहादुर महत राज, कोषाध्यक्ष मनोज कुमार अग्रवाल, सह-कोषाध्यक्ष बाबुराम विश्वकर्माको उपस्थिति रहेको थियो। 

आगलागीबाट जंगली मुर्मू, गर्नु मुर्मू, तल्लु मर्म, जुनकुडू मुर्मू, जुगल मुर्मू, संचरा मुमु, मराङ हेमरम, बाबुलाल वेश्श्रा, बासुदेव किस्कु, सुक्ले किस्कू, चुड्के किस्क, चन्द्राई किस्कु, अनोज हेमरम, बुधराम हेमरम, लुखी हुडू, सन्चरा मुमू, सुक्ल मुर्मू, साइला मुमू, तल्लु मुर्मु ,मंगल मुई, तल्लु मई समेतको घरमा आगलागीबाट पुर्ण रुपमा क्षेति भएको थियो। 

त्यस्तै, दिना मई, चन्दन मुर्मू, सुफल हस्दाधारो मुर्मु,  साइला मुर्मू, वाहामुनी हस्दा,  सुमन मुमू घर समेत जलेर खाद्यान्न लत्ता कपडा लगायत सामग्रीहरु नष्ट भएपछि उनीहरू अहिले बिचल्लीमा परेका छन्। अहिले उनीहरू पनी खुल्ला आकाशमा त्रिपालको  भरमा रात बिताउन बाध्य रहेका छन् । 

अग्नी पिडीतहरुलाई विभिन्न संघसंस्थाहरूले झुल लत्ता कपडा खाद्यान्न लगायतका सामग्रीहरु समेत वितरण समेत गरिरहेका छन् । रङ्गेली नगरपालिकाले सो बस्तीका लागि ५ वटा अस्थायी शौचालय, खानेपानीको लागि ३ वटा ट्युवेल समेत गाडने काम समेत सुरु गरिसकेको उपमेयर भुमा पराजुलीले बताईन । नगरपालिकाले सहयोगी संस्थाहरुले सहयोग गर्नेका लागि सुचना निकाल्दै सहयोगको अपिल समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...