News Portal

मोरङ रंगेलीका अग्नि पिडितलाई सुनचाँदी व्यवसायी सङ्घद्वारा रात वितरण

रबिन्द्र बराल, मोरङ
३४१ पटक

चैत्र-५, सोमबार/मोरङ – मोरङको सुनचाँदी व्यवसाय सङ्घ विराटनगरले रङ्गेली नगरपालिका वडा नम्बर ३ स्थित बाबु साहेव टोलमा भएको आगलागिका पीडित परिवारहरुलाई राहत वितरण गरेको छ।

व्यवसाय सङ्घका प्रतिनिधिहरु स्थानीय पिडीतसम्म पुगेर राहत स्वरुप चामल, तेल, दाल, चप्पल, लत्ताकपडा अग्नि पिडित परिवारलाई बितरण गरेका हुन्। गत शनिबार भएको भीषण आगलागिमा २७ धर जलेर नष्ट भएको थियो । 

अग्नि पिडीतहरुको दैनिक जीवन यापनमा कष्टकर भएको जानकारी पाएपछि जिल्लाका सुनचाँदी व्यवसायीहरु राहत लिएर पुगेका हुन। उनीहरूले २५ केजीचामल,२लिटर तेल, दाल, नुन, चप्पल, लत्ताकपडा, साबुन, तुथपेष्ट लगायतका रेगुलर राहत सामग्री वितरण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशिप्रदेशका अध्यक्ष रमेश रसाइलीले जानकारी दिए।  

अध्यक्ष सहित पूर्वकानून मन्त्री लीला बल्लभ अधिकारी, उपप्रमुख भुमा पराजुली, वडाअध्यक्षहरु, उप-सभापति लीलाबहादुर विश्वकर्मा, सशी भुषण साह, सचिव रमेश कुमार श्रेष्ठ, महासचिव मीनबहादुर महत राज, कोषाध्यक्ष मनोज कुमार अग्रवाल, सह-कोषाध्यक्ष बाबुराम विश्वकर्माको उपस्थिति रहेको थियो। 

आगलागीबाट जंगली मुर्मू, गर्नु मुर्मू, तल्लु मर्म, जुनकुडू मुर्मू, जुगल मुर्मू, संचरा मुमु, मराङ हेमरम, बाबुलाल वेश्श्रा, बासुदेव किस्कु, सुक्ले किस्कू, चुड्के किस्क, चन्द्राई किस्कु, अनोज हेमरम, बुधराम हेमरम, लुखी हुडू, सन्चरा मुमू, सुक्ल मुर्मू, साइला मुमू, तल्लु मुर्मु ,मंगल मुई, तल्लु मई समेतको घरमा आगलागीबाट पुर्ण रुपमा क्षेति भएको थियो। 

त्यस्तै, दिना मई, चन्दन मुर्मू, सुफल हस्दाधारो मुर्मु,  साइला मुर्मू, वाहामुनी हस्दा,  सुमन मुमू घर समेत जलेर खाद्यान्न लत्ता कपडा लगायत सामग्रीहरु नष्ट भएपछि उनीहरू अहिले बिचल्लीमा परेका छन्। अहिले उनीहरू पनी खुल्ला आकाशमा त्रिपालको  भरमा रात बिताउन बाध्य रहेका छन् । 

अग्नी पिडीतहरुलाई विभिन्न संघसंस्थाहरूले झुल लत्ता कपडा खाद्यान्न लगायतका सामग्रीहरु समेत वितरण समेत गरिरहेका छन् । रङ्गेली नगरपालिकाले सो बस्तीका लागि ५ वटा अस्थायी शौचालय, खानेपानीको लागि ३ वटा ट्युवेल समेत गाडने काम समेत सुरु गरिसकेको उपमेयर भुमा पराजुलीले बताईन । नगरपालिकाले सहयोगी संस्थाहरुले सहयोग गर्नेका लागि सुचना निकाल्दै सहयोगको अपिल समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...