News Portal

  • गैरआवासीय नेपाली संघको बार्षिक साधारण सभा सम्पन्न

    हिमालीसंचार संवाददाता
    २६३ पटक

    चैत्र-५, सोमबार/काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को बार्षिक साधारण सभा हिजो काठमाडौ स्थित होटल लो मुस्ताङ्ग, ठमेल नर्सिङ्ग चोकमा सम्पन्न भएको छ। संघका पूर्वअध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक डा. शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    साधारण सभामा नेपालका भेरी नगरपालीका, आठ्बिस्कोट नगरपालिका र तरकेश्वर नगरपालिका मेयरहरुको विशेष उपस्थिति रहेको थियो। त्यस्तै,  संघका वर्तमान तथा पूर्व पदाधिकारीहरु र प्रतिनिधिहरुको उपस्थित रहेको थियो। संघको बिधान अनुसार बार्षिक साधारण सभा र महाधिवेशन भौतिक रुपमा नेपाल नै उपस्थि भएको थियो।  

    साधारण सभाको उद्घाटन सत्रमा गत २०२२ को मार्चमा सम्पन्न एनआरएनएको १०औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित अन्तराष्ट्रिय परिषदले २ बर्षको अबधिमा गरेका कार्यक्रमहरु, सामाजिक सेवा र परियोजना लगायतको जानकारी समेत गराए। नयाँ परियोजनाहरुको संझौता र थालनी पनि गरिएको थिए। 

    संघले भूकम्प प्रभावित क्षेत्र आठबिस्कोट र भेरी नगरपालिकामा पुन:निर्माणका दुइ (२) वटा परियोजनाहरु गर्ने संझौतामा हस्ताक्षर गरेको छ। त्यस्तै, तरकेश्वर नगरपालिकामा मोनोरेल संचालन गर्ने विषयमा अर्को संझौतामा हस्ताक्षर भएको छ। कोरियन कम्पनी र नेपाली गैरआवासीय नेपालीले संचालन गरेको नेपाली कम्पनिबीच कोरियन कस्मेटिक्स उत्पादन र बितरण गर्ने ब्यबसायिक संझौतामा हस्ताक्षर समेत गरिएको छ।

    यस बाहेक विभिन्न सामाजिक सेवाका कम गर्ने, Entrepreneurship & Enterprising Development लाई निरन्तर दिने,  संघका नियमित गतिबिधि गर्ने, साधारण सभामा युरोप, ओसीयानिया, मध्येपूर्व तथा अफ्रिका, एशिया र अमेरिकाज गरी ६ क्षेत्रका २५ भन्दा धेरै देशका राष्ट्रिय स्तरका एनआरएनए र ४० भन्दा धेरै देशका गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा पूर्व उपाध्यक्ष सोनाम लामा, पदाधिकारी र एनसीसी प्रतिनिधिहरुले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटेर संघबारे जानकारी गराएको थियो। मन्त्री श्रेष्ठले संघ तीन हुनु राम्रो भएन, अरुलाई पनि त्यहि भनेको र एक भन्दा धेरै हुँदै आफू संलग्न नहुने जानकारी दिंदै उहाँले संघ एउटा हुन बिनोदजीले नै पहल गरेर आउन समेत आग्रह गरेका थिए।  

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...

    सार्वजनिक स्थानमा धूम्रपान गरे अब जरिवाना : काठमाडौं महानगरको कडाइ

    काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूमाथि अब कडा निगरानीसाथ जरिवाना गर्ने...

    इरानको जेलबाट मुक्त भए पाँच नेपाली, बिहीबार स्वदेश अवतरण

    काठमाडौं, साउन ९ – इरानको जेलमा महिनौँदेखि थुनामा रहेका पाँच जना नेपाली नागरिक अन्ततः रिहा भई...

    भिजिट भिसाबाट विदेश बसेर फर्किएकैलाई मन्त्री बनाइएको उदाहरण हाम्रैसामु छ : प्रमुख सचेतक घिमिरेको कटाक्ष

    काठमाडौं, साउन ९ – प्रतिनिधिसभाको बैठकमा आज विशेष टिप्पणी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम...