चैत्र-५, सोमबार/मोरङ – विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन्।
उनको घाँटीमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीको प्रारम्भिक अनुसन्धानपछि उनको हत्या शिवशंकर दासले गरेको भन्दै पक्राउ गर्न सर्च अपरेशन जारी राखेका थिए ।
पत्रकार दाससंग कुरा गर्दै एक प्रहरी अधिकृतले भने, शिवशंकरले शनिबार आफु भारतको दिल्लीमा रहेको बताएका थिए। तर, प्रहरीले ट्रयाक गरेको लोकेशनबाट उनि विराटनगरमा रहेको पुष्टि भएको थियो। आइतबार विराटनगरको विभिन्न होटल र गेष्ट हाउसमा सर्च अपरेशन जारी राख्दा विरानगरको नोबेल हस्पिटल नजिकै रहेको होटल फाइनमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
होटल फाइन नर्स मरेको घरबाट नजिकै रहेको छ। अहिले घटना स्थलको मुचुल्का उठाइदै छ । सिराहाको फुल्काहकट्टी घर भएकी चंद्रीका कुमारी दास नोबेल अस्पतालमा काम गर्दै विराटनगरमा बस्दै आएकी थिइन् । उनको बिहिबार साँझ करिब ५ बजे शिवशंकर दास(प्रेमी)ले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिन्छ ।
घटनापछि उनका प्रेमी भनिएका सिरहाका शिवशंकर सम्पर्कविहीन थिए। शिवशंकर केहि दिन अघि मात्र मलेसियाबाट आएको प्रहरी श्रोतले जनाएको छ । अधिकृतले भने प्रहरीले खोज्दै गरेको आरोपीत शिवशंकर अहिले झुण्डिएको अवस्थामा फेला परेको बताए।