News Portal

राजिब बिक्रम शाहको उपस्थितिमा जाजरकोटी जनसम्पर्क समिती बाँकेले गर्‍यो चियापान तथा शुभकामना आदनप्रदान

हिमाली संचार संवाददाता
११०४ पटक

कार्तिक १९, कोहलपुर : जाजरकोट देखी बसाईसराई गरी बाँके जिल्लामा बस्दै आए “राष्ट्रीयता लोकतन्त्र समाजवाद” काँग्रेसी आस्थावान जाजरकोटीहरूले नेपाली काँग्रेस जाजरकोटी जनसम्पर्क समितीले गरेको “शुभ दिपावली र छठ” को पवन अवसरमा सोमबार बाँकेको कोहलपुरमा चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ।

दिवाकर खनालको सभापतित्वमा प्रमुख अतिथी समाजसेवी तथा जाजरकोटी जनताका ढुकढुकी युवा नेता पुर्वसांसद राजिब बिक्रम शाह थिए भने बाँके जिल्ला नेपाली काँग्रेसकि सभापति किरण कोईराला बिषेश अतिथी र नेपालगंज नगरपालीकाकी उपमेयर उमा थापा र कोहलपुर नगरपालिकाकि उपमेयर सन्जु चौधरी, अतिथि नेपाली काँग्रेस जाजरकोटका पुर्वसभापति सनत कुमार कार्की लगायत जाजरकोटका स्थानिय निर्वाचित पदधाकारीको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथी शाहले लोकतन्त्रको लडाईमा लामो ईतिहास बोकेको पार्टी नेपाली काँग्रेस मुलुकको एउटा ठुलो शक्ति हो यसलाई शसक्त र वलियो बनाउनको निम्ती नेपाली काँग्रेसका सम्पुर्ण भातृसंगठनहरूका जिल्ला, क्षेत्रिय, नगर र वडा तहका पदाधिकारीले निष्ठा र कर्तव्यपालन जिम्मेवारीबोध भएर लाग्नु पर्ने आजको मुल आवश्यकता भएको बताए।

शाहले कुनै पनि गुठ र उपगुठको राजनिती नगरी नेता कार्यक्रतालाई जनताको घरदैलोमा जनताको सुख दुखमा सहभागी भएर साथ दिन शसक्त रूपमा जनताप्रिय हुन आग्रह गरे।

आफुले जाजरकोटी जनताको माया आशा र भरोसा कहिले नतोड्ने र जाजरकोटमा निर्माणधिन २५ शैयाको अस्पताल पनि सुचारू हुने अन्तिम चरणमा पुगेको शाहले बताए।

कर्णाली प्रदेशका बिभिन्न जिल्ला लगायत खासगरी जाजरकोट जिल्लामा सरकारी अस्पतालमा नियुक्त डाक्टर र नर्स नभएको अवस्था निजी श्रोतको एकल प्रयासमा गर्न खोज्दा झन त्यसैमा प्रतिपक्षको भुमिका खेलेको पार्टी प्रतिनिधीले गरेको हुदा धैरै चुनैति, कष्ट र बाधा आरचण आईलागेको भए पनि निजी मेडिकल कलेज र सरकारी शिक्षण अस्पतालसंग समोन्वयका प्रक्रिया अगाडी जारी रहेको र केही महिना भित्र सुचारू हुने जानकारी दिए।

अन्तमा शाहले यस कार्यक्रम आयोजक कमिटीलाई धन्यवादको पात्र भन्दै यस्ता कार्यक्रम निकै फलदायक भएको र भोलीका दिनमा सार्थक पनि हुने बताए ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...