News Portal

भोजपुरको मालबाँसेमा आगलागी हुदा ८ घर जलेर पूर्ण रुपमा नष्ट

अशोक बान्तावा, भोजपुर
२२३ पटक

चैत्र-४, आइतबार/भोजपुर – भोजपुरमा जंगलबाट सुरु भएको आगलागीले भोजपुरको टक्सारमा ८ घर जलेर नष्ट भएको छ । भोजपु्र नगरपालिका-१२ स्थित टक्सारको मालेबाँसेस्थित जंगलबाट सुरु भएको डढेलो बस्तिमा सल्किदा स्थानीयको ८ घर जलेर नष्ट भएको हो ।

हिजो शनिबार करिब २ बजेतिर जंगलबाट सल्किएको आगो बस्तिमा फैलिएपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको घर पूर्ण रुपले जलेर नष्ट भएको थियो ।

भोजपुर नगरपालिकाको बारुण यन्त्र, शसस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।

आगलागी हुदा मानवीय क्षति नभएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिए। स्थानीय दुर्गा श्रेष्ठका अनुसार आगलागी हुदा कति क्षति पु¥याएको मालबाँसे बस्तिबाट आगो झाँक्रीसल्ला टोलतिर सल्किएको हो। हावाहुरी चलेका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको श्रेष्ठले बताए । 

आगालागीबाट मानवीय र पशुचौपाया क्षति नभएपनि अन्नपात, सुनचाँदी पूर्ण रुपमा जलेर नष्ट भएको पिडित नरबहादुर कार्कीले बताए।  सुख्खा र खडेरीका कारण यस क्षेत्रका वनजंगलमा लाग्ने डढेलोले वर्षेनी नजिकैका गाउँबस्तीमा जोखिम बढ्ने गरेको छ । 

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...