News Portal

भोजपुरको मालबाँसेमा आगलागी हुदा ८ घर जलेर पूर्ण रुपमा नष्ट

अशोक बान्तावा, भोजपुर
२३५ पटक

चैत्र-४, आइतबार/भोजपुर – भोजपुरमा जंगलबाट सुरु भएको आगलागीले भोजपुरको टक्सारमा ८ घर जलेर नष्ट भएको छ । भोजपु्र नगरपालिका-१२ स्थित टक्सारको मालेबाँसेस्थित जंगलबाट सुरु भएको डढेलो बस्तिमा सल्किदा स्थानीयको ८ घर जलेर नष्ट भएको हो ।

हिजो शनिबार करिब २ बजेतिर जंगलबाट सल्किएको आगो बस्तिमा फैलिएपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको घर पूर्ण रुपले जलेर नष्ट भएको थियो ।

भोजपुर नगरपालिकाको बारुण यन्त्र, शसस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।

आगलागी हुदा मानवीय क्षति नभएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिए। स्थानीय दुर्गा श्रेष्ठका अनुसार आगलागी हुदा कति क्षति पु¥याएको मालबाँसे बस्तिबाट आगो झाँक्रीसल्ला टोलतिर सल्किएको हो। हावाहुरी चलेका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको श्रेष्ठले बताए । 

आगालागीबाट मानवीय र पशुचौपाया क्षति नभएपनि अन्नपात, सुनचाँदी पूर्ण रुपमा जलेर नष्ट भएको पिडित नरबहादुर कार्कीले बताए।  सुख्खा र खडेरीका कारण यस क्षेत्रका वनजंगलमा लाग्ने डढेलोले वर्षेनी नजिकैका गाउँबस्तीमा जोखिम बढ्ने गरेको छ । 

प्रतिकृया दिनुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...