News Portal

तेह्रथुममा आगलागी हुदा ५ घर जलेर पूर्णरुपमा नष्ट

१ करोड १६ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान!

अभीन माबो, झापा
२१५ पटक

चैत्र-४, आइतबार/तेह्रथुम – आठराई गाउँपालिका १ संक्रान्तिबजार नजिकैको पुराना गाउँमा शनिबार बेलुकी करिब ५ बजे आगलागी हुँदा ४ घर जलेका पूर्णरुपमा नष्ट भएका छन्। स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका छन् ।

गाउँ नजिकै रहेको स्याखोक जंगलमा लागेको डढेलो बस्तिमा सल्किएपछि ती घरहरु जलेको इलाका प्रहरी कार्यालय संक्रान्तिले जनाएको छ। बस्तीमा सल्किएको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । तर, जंगलको आगो भने नियन्त्रणमा बाहिर रहेको उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए ।

आगलागीमा अन्नपात, लत्ताकपडा, गरगहना र पशु चौपायसमेत जलेका छन् । आगलागीबाट करिब १ करोड १६ लाख रुपैयाँको धनमाल क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ। त्यस्तै, शनिबार नै म्याङलुङ नगरपालिका ४ पिप्ले गैरीगाउँका रुद्र तामाङको घर पनी आगलागीबाट नष्ट भएको बताईएको छ।  

प्रतिकृया दिनुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...