News Portal

  • मोरङको रंगेलीमा २० घर जले, सतार र मुसहरको समुदायको बिचल्ली

    रबिन्द्र बराल, मोरङ
    २१० पटक

    चैत्र-३, शनिबार/मोरङ – मोरङको रंगेलीमा शनिबार आगलागी हुँदा २० घर जलेका छन् । २४ परिवारको बसोबास रहेको बस्ति २ घण्टाभित्रमा बस्ति नै खरानी भएको प्रहरीले जनाएको छ । 

    सबै हिसाबले पिछडिएको सतार र मुसहर समुदायको बसोबास रहेको बस्ति नै सखाप हुने गरी भीषण आगलागी भएको हो। प्रहरीका अनुसार अनुसार रंगेली नगरपालिका–३ बाबु सहायक टोलका जंगली मुर्मूको गाई ग्वालीबाट दिउँसो २ः३५ बजेतिर आगलागी सुरु भएको खुलेको छ । 

    स्थानीय र दमकलको सहयोगमा ४ः३५ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पश्चिमबाट हावा चालेकाले आगो नियन्त्रणमा लिन समस्या भएको थियो । नियन्त्रणमा लिइसक्दा अति विपन्नको बसोबास रहेको बस्ति नै ध्वस्त भइसकेको थियो । 

    मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार पीडितले घरभित्र रहेका कुनै पनि सामान निकाल्न पाएनन्। सुन, चाँदी, नगद, लत्तकपडासहित सबै धनमाल जलेर ध्वस्त भएको उनले बताए । पीडितले शरीरमा लगाएका कपडा बाहेक केही बचाउन सकेनन्। 

    एसपी कार्कीले घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मू जलेर सामान्य घाइते भएको जानकारी दिए । मुर्मूको रंगेली अस्पतालमा उपचार भइरहेको छ । 

    आगोले जंगलीसहित तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, बासुदेव, चट्टा किस्कु एवं मनोज, बुद्दराय, मराहाङ हेमराम र सुमन सतार, सुकल हस्दा, लुकु टुडू तथा बाबूलाल बेश्राको परिवारको बिचल्ली बनाइदिएको छ। पीडितको नामावली संकलन इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्दिराम चौलागाईं नेतृत्वको टोलीले गरेको हो । 

    प्रहरीका अनुसार जंगली मुर्मूको कर्कट पाताको छाना भएको र सेन्ट्रीबेरा गरिएको १ तले घर तथा गाई ग्वाली थियो । उनकै ग्वालीबाट आगलागी सुरु भयो भनिएको छ । बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर थिए। केही घरहरु इँटाको सामान्य गाह्रो लगाएर बनाइएका थिए। बाँस, सन्ठी र पराल मिलाएर सेन्ट्रीबेरा गरिएका घरबाट आगो समयमै फैलिएर नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ । 

    विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । एसपी कार्कीले अनुसन्धानपछि कारण यकिन हुने बताए । स्थानीयका अनुसार आगलागी सुरु भएको ग्वालीमाथि बिजुलीको तार लत्रिएको थियो। विद्युत प्राधिकरणको लापरबाहीले सिंगो बस्ती ध्वस्त भएको गुनासो स्थानीयले गरेका छन् । 

    पीडितका अनुसार १५ दिनअघि पनि त्यही ठाउँमा विद्युत सर्ट भएर आगलागी भएको थियो । आगो स्थानीयले निभाएर तत्काल घटनाको जानकारी सम्बन्धित निकायलाई गराए । तर, लत्रिएको तारलाई व्यवस्थित गर्नेतर्फ प्राधिकरणले चासो नदिएको उनीहरुको भनाइ छ ।

    घटनापछि पीडितको बास गाई फार्ममा भएको छ । सबै थोक गुमाएका पीडितलाई तत्कालका लागि नजिकैको खाली गाई फार्ममा लगेर राखिएको हो । पीडितको व्यवस्थापन र राहतका लागि स्थानीयदेखि प्रदेश सरकारसँग समन्वय भइरहेको मोरङ प्रशासनले जनाएको छ। आगलागीपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, मन्त्रालयका सचिवसहित मोरङका सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरेर घटनाको सबै जानकारी लिएका छन् ।  

    आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा पीडितलाई खाद्यान्न, ओढ्ने, ओछ्याउने र खानेपानी वितरण गरिएको छ। तत्कालका लागि १ परिवारलाई २÷२ वटा ओढ्ने र ओछ्याउने कपडा तथा १० किलो चामल एवं १ काटुन पानी उपलब्ध गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । स्थानीय सरकारले पनि राहत दिएको उनको भनाइ छ । 

    ‘आगोले ठूलो क्षति गरेको छ । बस्ती सकिएको छ,’ भट्टराईले भने, ‘क्षतिको विवरण यकिन भइसकेको छैन । संकलन जारी छ ।’ उनले पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाइने पनि बताए ।

    प्रतिकृया दिनुहोस्

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ हुने

    कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन ...

    अखिल क्रान्तिकारीका संयोजक मिलन राई प्रहरीले गिरफ्तार गऱ्यो

    बैशाख-३१, सोमबार/काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईलाई प्रहरीले...

    महिलातर्फ आइएसए नेपाल, धरान मेघा, इमोर्टल र रेडडेभिल्स सेमिफाइनल प्रवेश (फोटो फिचर)

    बैशाख-३१, सोमबार/धरान – सुनसरीको धरानमी संचालित “दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको महिलातर्फको समिकरण...

    रविको राजनिति आफैले सक्दै की अरूले सक्काउदै ?

    नेपालको राजनितिमा केहि समय अगाडी मात्र प्रबेश गरी राजनिति बृतमा धमाका मच्चाउन सफल बनेका रवि...

    धरानमा भइरहेको दोस्रो दिन धरान मेघा, आइएसए नेपाल, झापा र इमोर्टल क्लव विजयी (फोटो फिचर)

    बैशाख-३०, आइतबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवारदेखि सुरु भएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal