News Portal

मोरङको सुन्दरहरैचा नगरपालिकाको विभिन्न स्थानबाट लागूऔषधसहित युवाहरु पक्राउ

रबिन्द्र बराल, मोरङ
३१७ पटक

चैत्र-२, शुक्रबार/मोरङ – मोरङको सुन्दरहरैचा नगरपालिका- ३ स्थित लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई प्रहरी पक्राउ गरिएको छ ।

मोरङको बेलबारीबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलासी गर्दा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ३.५ केजी अवैध लागू औषध गाँजा सहित नगद ५ लाख ३८ हजार २ सय ५० रुपैयाँ र  डिजिटल तराजु र विभिन्न कम्पनिको मोवाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। 

सोही क्रममा सोही स्थान बस्ने २३ बर्षीय प्रज्वल सुवेदी र २० बर्षीय आशीष ठाकुरको पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान सहित प्रहरीले पक्राउ गरिएको छ। 

त्यसैगरी सुन्दरहरैचा नगरपालिका-५ बलिया बस्ने २४ बर्षीय संगम आचार्यको साथबाट पनी प्रहरीको टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरी मोरङ जिल्ला अदालतबाट लागूऔषध कसूरमा (४) चार दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...