News Portal

कुवेतबाट नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बाकेकी गिता सुनारको सफल उद्धार गर्‍यो

हिमाली संचार संवाददाता
९४३ पटक

नोभेम्बर ५, कुवेत : नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनारलाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको छ ।

बिगत तीन महिना देखी ऊनी सिकिस्त बिरामी परेकी थिइन् । आफुले काम गर्ने घरको मालिक लाई बारम्बार उपचारका लागि अस्पताल लैजान भने पनि एक पटक मात्र लगेको तर उनलाई पत्थरी भएको डाक्टरले बताएका थिए ।

पटक – पटक आफू लाई अस्वस्थ महशुस हुँदा अस्पताल लैजान भनी घर मालिक लाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताएकी छिन् । बिगत ३ महिना देखि निरन्तर तल्लो पेट दुख्ने, पत्थरीको समस्याले गर्दा निरन्तर पेट दुखिरहने र चक्कर लागेर ४ पटक ढल्दा समेत उपचार गराउन नलगेको बताएकी छिन ।

सिकिस्त बिरामी हुँदा पनि निरन्तर काम गर्नु परेको र लामो समय देखी घरमा जान्छु भनि घर मालिक लाई अनुरोध गर्दा पनि आनाकानी गर्ने गरेको बताएकी छिन । घर मालिकले भन्यो घर जाने भए आफैले टिकट लिनु पर्ने र ३ महिनाको तलब पनि छोडेर जानू पर्ने भने पछि उनी समस्यामा परेकी थिइन । उनको घरमा २ छोरा र १ छोरी छन । धन कमाउन बिदेश आएकी आमाको स्वास्थ्य अवस्था ठिक नहुदा छोरा – छोरी समेत दुखित भएका छन ।

नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतको सचिब रोल बहादुर बिश्वकर्माको विशेष पहलमा कुवेतीलाई पासपोर्ट दिनको लागी अनुरोध गरेको र कुवेतीले पासपोर्ट दिन सहमत भए पछि हिजो टिकट लिएर घर सम्म पुग्नको लागि बाटो खर्च समेत सस्थाले दिएको अध्यक्ष भिम बहादुर गदलले जानकारी दिएका छन ।

कुवेतको नेपाली समाजमा मात्र नभई स्वदेशमा समेत स्थापना कालदेखि नै सस्थाले उल्लेख्य कार्य गर्दै आएको छ । आफ्नो गास कटाएर भएपनि समस्यामा परेका नेपालीहरु, दुखी, गरिब, असहाय र समस्यामा परेका नेपाली चेलीबेटीको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ । स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरुलाई आर्थिक सहयोग पनि गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...