News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मोरङको मिनिल्याण्ड १९औं वार्षिक उत्सवमा विज्ञान प्रविधिको प्रर्दशनी गरे

    रबिन्द्र बराल, मोरङ
    १५४ पटक

    चैत्र-१, बिहिबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको मिनिल्याण्ड इङलिस बोर्डिड स्कूलले बिधालय प्राङ्गणमा १९औं बार्षिक दिवस मनाएको छ।

    बिधालयले बिधार्थीहरुको क्षमता अभिबृद्घि गर्ने उदेश्यले विज्ञान, कला तथा सास्कृक्तिक प्रर्दशनी आयोजना गरेको थियो। प्रर्दशनीमा चौतर्फी क्षमता विकासका लागि विद्यार्थीहरूले आ-आफ्नो अभिरुचीअनुसार निर्माण गरेका प्रविधि, विज्ञान तथा कला सास्कृ‌तिक र सीपका सामग्रीहरू राखेर प्रर्दशनी गरेका थिए। 

    बिधार्थीहरुले नगरपालिका भवन, बिधालय भवन, खेल मैदानको डिपिआर, रंगेली अस्पताल, सौर्य मण्डल, सोलार सिस्टम, सेन्सर सिस्टम, विद्युतीय माध्यमबाट चल्ने गाडी, पिड, स्काभेटर, डोजर लगायतका सामग्रीहरु बनाएर प्रदर्शनमा राखेका थिए। 

    त्यस्त‌ै, माटो र कागजबाट निर्मित मूर्ति, फूलसंगै सांस्कृतिक महत्वका कपडा र सजावटका सामग्री र  विद्यार्थीहरूले रंगेली बजारमा रहेका ठाउँहरुको प्रर्दशनी राखेका थिए। अभिभावक दिवसमा रंगेली नगरपालिकाका मेयर दिलीप बगडीयाले पानसमा बत्ति बालेर कार्यक्रम उ‌द्घाटन गरेका थिए। 

    कार्यक्रममा उपमेयर भुमा पराजुली, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धिराम चौलागाई, वडाअध्यक्ष रामचन्द्र मण्डल, अतिथिहरुमा अर्जुन बस्नेत,  प्रेम सुवाल, भेषराज पोखरेल, ज्ञान बहाद्र खड्का, शिक्षा अधिकृत  रविन्द्र पंडित,  सुरेश मिश्र,   सूर्य गौतम, जिवन खनाल, जितेन्द्र कुमार दास, कासिलाल राजवंशी, प्रमोद मंडल र विभिन्न विद्यालयका प्रिन्सिपल, स्थानीय अभिभावक बुद्धिजीवी समाजसेवी लगायतले प्रदर्शनीको अवलोकन गरेका थिए । 

    आयोजित कार्यक्रम सहभागीहरुलाई बालबालिकाहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत  गरेर मनोरञ्जन गराएका थिए। विद्यालयका प्रिन्सिपल विकंण कार्कीका अनुसार विद्यार्थीहरूको  मेहनत स्वरुप सदरमुकाम विराटनगर बाहिर पहिलो  विज्ञान, कला तथा सास्कृतिक प्रर्दशनी आयोजना गर्न सफल भएको र सम्पुर्ण अभिभावकहरुले समेत आफ्नो छोरा, छोरीहरुले बनाएको क्रियाकलाप हर्ने आएकोमा धन्यवाद समेत दिएका थिए । यस्तो कार्यक्रमले बालबालिकाहरुलाई समेत क्षमता र आत्मविश्वासमा टेवा पुग्ने र सहज हुने कार्कीले बताए।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २६, २०८२ (जुन ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ओलीको व्याख्या: नेताको मूल्यांकन उमेरले होइन, जिम्मेवारीबाट

    काठमाडौं, जेठ २५ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७०...

    हैदराबादमा नेपाली युवकद्वारा प्रेमिकाको हत्या : ट्राभल ब्यागमा शव फालिएको अवस्थामा भेटियो

    भारत, जेठ २५ – हैदराबादमा एक नेपाली नागरिकद्वारा आफ्नै लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरिएको...

    ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन रोकिने कि खुला हुने? संसद्का दुई समितिबीच मतभेद, जलविद्युत कम्पनीहरू दबाबमा

    काठमाडौं, जेठ २५ – नेपालमा सार्वजनिक सेयर निष्कासनको नियमलाई लिएर संसद्भित्रै दुई महत्वपूर्ण समितिहरू —...

    संसद अवरोधबीच सत्तापक्षको स्पष्ट सन्देश — “विपक्षीले साथ दिए ठीकै, नदिए पनि संसद अघि बढ्छ”

    काठमाडौं, जेठ २५ – राजनीतिक तापक्रम चुलिंदै गएको यस घडीमा संसदको गतिरोध अन्त्यका लागि आइतबार...