News Portal

  • धरान उपमहानगरले आगामी बर्षदेखि फिल्मलाई पनी बजेट छुट्याउँछ: मेयर साम्पाङ

    अशोक तिरुवा, धरान
    ६०६ पटक

    चैत्र-१, बिहिबार/धरान – धरान उपमहानगरपालिकाले आगामी वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने भएको छ। फिल्म ‘महाजात्रासँग स्थानीय सरकार, सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख हर्कराज राई “हर्क साम्पाङ”ले उक्त कुरा बताएका हुन् ।

    धरानमा रहेका फिल्म छायांकनका लोकेसन समावेश हुने गरी डायरी सार्वजनिक गरिने नगर प्रमुख साम्पाङले बताएका हुन् । ‘नेपाली फिल्मको विषयमा नगर प्रमुख साम्पाङ आफूले गम्भीर रुपमा सोचेको छु,’ उनको धारणा रहेको थियो। उनले भने, ‘अबको फिल्मलाई लिएर बजेटमा राख्छु।  नेपाली कला संस्कृतिको विकासमा आफू गम्भीर रहेको समेत बताए ।

    पूर्वाञ्चलमा रहेका अभिनेता हरिवंश आचार्यले नगरप्रमुख साम्पाङको काम गर्ने शैलीको आफू प्रशंसक रहेको बताएका थिए । धरानमा आफू अभिनित फिल्म ‘बलिदान’ छायांकन गरेको स्मरण गर्दै उनले फिल्मका लागि धरान प्रमुख गन्तव्य रहेको समेत स्मरण गरेता थिए ।

    त्यस्तै,  अभिनेता रवीन्द्रसिंह बानियाँले सरकारसँग आफूहरुले हातेमालोको आशा राखेको बताएका थिए । फिल्म छायांकनका लागि लोकेसनको खोजीमा सहजीकरणका लागि स्थानीय सरकारसंग उनको आग्रह थियो । अभिनेता विपिन कार्कीले छायांकन स्थलको लागि कहिलेकाहीं लफडा हुने बताए ।

    अभिनेता रवीन्द्र झाले छायांकन स्टुडियो जरुरी रहेको बताए। अभिनेत्री वर्षा राउतले लोकेसनको खोजीमा उपमहानगरले सहजीकरण गर्नुपर्नेु बताइन् । महिला कलाकारलाई फिल्म छायांकनमा असहज हुने भएकाले स्थानीय सरकारले समन्वय गर्नुपर्नेु बताइन् ।

    ‘महाजात्रा’ आगामी चैत ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ । फिल्म टोली अहिले प्रवर्द्धनका लागि देश दौडाहामा रहेका छन्। सोही शिलसिलामा टोली पूर्वको धरान पुगेका हुन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...