News Portal

  • गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान : २२ महिनामा ३६ हजार ५९३ यात्रुलाई सेवा

    तेजेन्द्र के.सी.
    २६२ पटक

    बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन्। ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन्।

    २०७९ जेठ २ गतेदेखि २०८० फागुन १७ गतेसम्म विभिन्न तीनवटा कम्पनी र केही चार्टर विमानले ४५० उडान गरेको विमानस्थलले जानकारी दिएको छ।

    जजिरा एयरलाइन्स, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स र केही चार्टर विमानले दुईतर्फी उडान गरेको गौतमबुद्ध विमानस्थलका प्रमुख हंसराज पाण्डेयले बताए।

    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपछि कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो। उसले सुरुमा हप्ताको तीन दिन भैरहवा–काठमाडौँ हुँदै कुवेतबाट दुईतर्फी उडान गरेको थियो। एयरवेजले २५२ पटक उडान गरेको तथ्याङ्क छ।

    यता हिमालय एयरलाइन्सले ७२ पटक उडान गरेको छ। यस्तै नेपाल एयरलाइन्सले ५८ पटक उडान गरेको देखिन्छ। बिजनेस नपाएपछि जजिरा र हिमालय एयरलाइन्सले हाल उडान रोके पनि नेपाल एयरलाइन्सले हप्ताको एक दिन मलेसियाबाट काठमाडौँ हुँदै भैरहवा उडान गर्छ।

    हालसम्म गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा ३६ हजार ५९३ यात्रुले सेवा पाएका छन्। यहाँ १६ हजार २१९ यात्रु भित्रिएका छन् भने २० हजार ३७४ यात्रु बाहिरिएका छन्। विमानस्थल उद्घाटनसँगै जजिरा एयरलाइन्सले दुईतर्फ गरी २५२ पटक उडान गर्दा १४ हजार ६८६ यात्रु भित्र्याएको थियो भने १५ हजार ६५२ बाहिरिएका थिए।

    उक्त कम्पनीले कूल ३० हजार ३३८ यात्रुलाई सेवा प्रदान गरेको विमानस्थलले जनाएको छ। यस्तै केही महिना चलेको हिमालय एयरलाइन्सबाट भित्रिने जम्मा २ सय यात्रु रहेका छन् भने बाहिरिनेको सङ्ख्या ४ हजार ६४१ रहेको छ।

    उक्त कम्पनीले भैरहवा हुँदै काठमाडौँबाट मलेसिया जाने गरेको थियो। नेपाल एयरलाइन्सले १२ सय ९५ यात्रु ल्याउँदा जम्मा ३४ यात्रु मात्रै भैरहवाबाट बाहिर लागेको छ। जाँदा काठमाडौँबाट पनि लैजाने हुँदा यहाँबाट यात्रुहरू कम भएका कम्पनीले जनाएको छ।

    काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुने गर्छन्। जसले गर्दा त्यहाँ एयर ट्राफिकमा चाप छ। त्यसको विकल्पका रूपमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याए पनि भैरहवामा निजी विमान कम्पनीहरूले व्यवसायी रूपमा सफल हुन सकेनन्।

    जसले गर्दा विमान कम्पनीहरूले केही महिना चलाउने र रोक्ने गरेका छन्। विमानस्थल प्रमुख पाण्डेयले भने, ‘निजी विमान कम्पनीले आफ्नो बिजनेस हेर्छन्। यहाँ यात्रु कम पाएका कारणले कम्पनीहरूले उडान रोकेका छन्।’

    विमान कम्पनीहरू चल्नका लागि यात्रु पाउने अवस्था सिर्जना गर्नका लागि विमानस्थल मात्रै नभएर निजी क्षेत्रले साथ दिनुपर्ने उनले बताए। उनले आफूले अन्य विमान कम्पनीहरूलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गराउन लागि पहल गरिरहेको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १८ गतेको राशिफल

    आज साउन १८, २०८२ (अगस्त ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन १७ गतेको राशिफल

    आज साउन १७, २०८२ (अगस्त २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

    रबिन्द्र बराल/ मोरङ, साउन १६ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा...

    लिरिका क्याप्सुल भएको ढुवानी तस्करी गर्ने प्रयास असफल

    कुवेत, साउन १६  — कुवेत भन्सारले लागूऔषध नियन्त्रण सामान्य विभागसँगको सहकार्यमा २७१,४०० लिरिका क्याप्सुल समेटिएको...

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...