News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मोरङको रंगेलीमा संचालित “रंगेली अस्पताल” दोस्रो स्थानमा

    रबिन्द्र बराल, मोरङ
    ६४४ पटक

    फाल्गुण-२७, आइतबार/मोरङ – मोरङको रङ्गेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न सफल भएको छ। न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतले सञ्चालनमा ल्याएको रङ्गेली अस्पताल देशभरका अस्पतालहरु मध्ये नमूना अस्पतालका रुपमा दोस्रो स्थानमा आएको हो।

    सुशासन र व्यवस्थापन, क्लिनिकल, म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिसको सूचक अनुसार भएको मुल्यांकनमा रंगेली अस्पतालले ८० प्रतिशत अंक प्राप्त गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै उक्त अङ्क सार्वजनिक गरिएको थियो।  

    स्थानीय तहहरु मातहत रहेका देशभरका अस्पताल मध्ये उदयपुर स्थित कटारी अस्पतालले ८२ अंक ल्याएर  पहिलो भएको थियो। मोरङको रंगेली अस्पताल ८० अंक प्राप्त गर्दै दोस्रो भएको  उदयपुरस्थित कटारी अस्पतालका मेडिकल सुपरिटेडेन्ट समेत रहेका स्रोत व्यक्ति डा. गौरव साहले विभिन्न सूचकको मुल्यांकनका आधारमा अस्पतालले ८० अंक प्राप्त गरेको जानकारी दिएका थिए।  

    मुल्यांकन प्रत्येक ६÷६ महिनामा हुने गरेको र  अघिल्लो ६ महिनाको मुल्यांकनमा रंगेली अस्पतालले ७० अंक प्राप्त गरेको थियो । गत ६ महिनापछि रंगेली नगरपालिकाले अस्पताललाई थप-सुधार गरेपछि १० अंक बढाउन सफल भएको हो । अब अझै सुधार हुँदै गएपछि रंगेली अस्पतालले प्राप्त गर्ने अंक बढ्दै जाने स्रोत व्यक्ति डा. साहले बताए । 

    कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सवैको प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए।  व्यवस्थापकीय भूमिका रहेकाले अझ व्यवस्थित, सुविधा सम्पन्न बनाउन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताए ।  

    अस्पतालले ८० अंक प्राप्त गर्न सफल भएको र आगामी ६ महिनामा हुने मुल्यांकनमा ९० अंक भन्दा माथि पुग्ने गरी लागि पर्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन समेत दिएका छन । 

    कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले रंगेली नगरपालिकाका मेयर बगडीयाको अग्रसरतामा सो अस्पतालले फड्को मारेको र  स्थानीयतहरु मातहत रहेका अस्पतालहरु मध्ये रंगेली अस्पताल निकै सुविधा सम्पन्न रहेको र  देशभरमै नमूना अस्पताल भएको बताउँदै आफूपनि सो अस्पतालको सदस्य बन्न इच्छुक रहेको र  अस्पतालका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि आफूले पहल गर्ने समेत प्रतिवद्धता जनाएका छन । 

    कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटी आएका प्राविधिक स्रोत व्यक्ति सहित एमएसएस अफिसर सृजत दाहाल, जनस्वास्थ्य निरिक्षक तारादेवी सुवेदी, निकसाइमन संस्थाका अधिकृत आइस्था शाही, मेयर दिलिप बगडिया,  उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत तेजिन्द्र  गौतम, वडाअध्यक्ष रामचन्द्र मण्डल, अस्पतालका मेसु डाक्टर बसन्त साह, डाक्टर सुरज अर्याल, व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवाल, सदस्य पुरुषोत्तम काफ्ले, अजिम आलम, विभिन्न फाँटका चिकित्सकहर,  ईन्चार्ज,  कर्मचारी  विभिन्न वडाका वडाअध्यक्षहरु सहित सदस्यहरु लगायतहरूको  उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    चार संसदीय समिति आइतबार बस्दै, कृषि, विधायन, संरक्षण र संघीयता सबलीकरणका विषयमा छलफल

    काठमाडौं, असार २५ — प्रतिनिधिसभाका चार वटा समितिहरू आइतबार आ-आफ्नो कार्यसूचीसहित बैठकमा बस्दैछन्। कृषि प्रणाली,...

    आजको राशिफल

    आज जेठ २५, २०८२ (जुन ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको...

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ...

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...