News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाल टेलिभिजनमार्फत हेरिने “कमेडी च्याम्पियन” पूर्वाञ्चलको दुई शहरमा प्रदर्शन हुने

    हिमालीसंचार संवाददाता
    ३८२ पटक

    फाल्गुण-२६, शनिबार/धरान – नेपाल टेलिभिजन र युट्युव च्यानलमार्फत मनोरञ्जन लिदैं हेरिदै आएको कमेडी च्याम्पियन अब पुर्वाञ्चलको दुई ठुला शहर बिर्तामोड र इटहरीमा हेर्न पाइने भएको छ ।

    नेपाल टेलिभिजनको पर्दामा मात्र सजिलै सँग हेरिदै आएको कमेडी च्याम्पियनको परिवारलाई नै अब पूर्वाञ्चलका दुई शहरमा लाइभ हेर्न पाइने भएको हो । शनिबार कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी र कमेडियनद्वय सुमन कार्की र कैलाश कार्कीले बिर्तामोड र इटहरीमा पत्रकार सम्मेलन गरी ‘महाकमेडी’ यात्राको बारेमा जानकारी दिएका हुन्। 

    निर्देशक भण्डारीका अनुसार यही चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ को टिम सँग मिलेर बिर्तामोड र इटहरीमा महाकमेडी प्रदर्शन गर्न लागेको जानकारी दिएका हुन्। 

    कमेडी च्याम्पियनका दीपाश्री निरौला, सुमन कार्की, कैलाश कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, प्रशान्त लामा, सन्तोष थापा, पवन भट्टराई, सुशान्त बश्याल, पूजान अधिकारी लगायतले आफ्ना प्रस्तुति दिने कार्यक्रम रहेको छ । सेटमै गएर लाइभ हेर्न इच्छा रखेका र हेर्न नपाएका पुर्वका दर्शकहरुको लागि कमेडी शो कसरी खिचिन्छ? लाइभ कस्तो हुन्छ? भन्ने कुरा जानकारी होस र लाइफ स्वाद लिन पाउन भएको होस् भन्ने हेतुले टुर गरेको भण्डारीले बताए। 

    अनेककामबाट थाकेका सम्पूर्ण पुर्वेली दर्शकहरुको लागि मनोरञ्जन र फ्रेस बनाउन महत्वपूर्ण खुराक बन्ने च्याम्पियन टिमको दावी छ। कलाकार कमेडियन सुमन कार्कीले यसरी सेट नै छाडेर पहिलो पटक कमेडी च्याम्पियन टिम संगै महाकमेडी यात्रा गर्न पाउदा आफुलाई परिवार सँग तिर्थ यात्रा गएको जस्तो अनुभव भएको सुनाए । 

    आफुहरुले केही समय अमेरिका यात्राको दौरानमा पनि केही नयाँ अनुभव लिए पनि यसपटक परिवारनै यात्रामा निस्किदा निकै फरक अनुभव र रमाइलो भएकाले दर्शकहरुकै अगाडी बसेर प्रस्तुति दिन पाउदा निकै उत्साहित रहेको बताए।

    हामीले टिभीमै देखिरहेको केन्द्रिय राजनीतिलाई व्यङग्य गरेकै रोस्ट हानेकै कमेडी हेर्न पर्ने हो भन्ने पत्रकारको जिज्ञासामा कार्कीले स्थानीय स्तरकै समसामयिक बिषयलाई मिठो कोसेली पस्किने तयारी रहेको र आएका दर्शकलाई निराश बनाएर नपठाउने बताए। 

    त्यस्तै, अर्को कमेडियन कैलाश कार्कीले टेलिभिजनमै देखिरहेको स्वाद स्थानीय तवरले मजाले हेर्न पाउने र टिभिमा हेरेकै जस्तै पाहुना सहित प्रस्तुति दिन पाउदा निकै उत्साहित भएको सुनाए । 

    टिमका अनुसार यही फागुन ३० गते बिर्तामोडको सिटी सेन्टर स्थित साइ पार्टी प्यालेस र चैत्र १ गते इटहरी २ आपगाछी स्थित इम्पेरियल पार्टी प्यालेसमा साझा ५ बजेदेखि सुरु हुने छ । कार्यक्रममा  सहभागी हुन रु.५०० रुपैयाको टिकट खरिद गर्न पर्ने छ भने बिधार्थीका लागि आइडी कार्ड देखाएर रु.५०० मा दुई वटा टिकट पाउने आयोजकले जनाएको छ। 

    कार्यक्रमको स्टेजमा गेस्टको रुपमा ‘महाजात्रा’ का मुख्यकलाकारहरु हरीबंश आचार्य, बिपिन कार्की, बर्षा राउत, रबिन्द्र सिंह बानिया, राजाराम पौडेल, निर्देशक प्रदिप भट्टराई, निर्माता म्याक्स दिपेश खत्री रहने छन्। यात्रा गत फागुन २१ गतेदेखि सुरु गरेर  दुई चरणमा गरिएको छ। पश्चिमका पोखरा, बुटवल, हेटौंडा सकेर टिम पुर्वका शहरहरुमा कार्यक्रम गर्न लागेको हो ।

    प्रतिकृया दिनुहोस्

    ओलीको व्याख्या: नेताको मूल्यांकन उमेरले होइन, जिम्मेवारीबाट

    काठमाडौं, जेठ २५ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७०...

    हैदराबादमा नेपाली युवकद्वारा प्रेमिकाको हत्या : ट्राभल ब्यागमा शव फालिएको अवस्थामा भेटियो

    भारत, जेठ २५ – हैदराबादमा एक नेपाली नागरिकद्वारा आफ्नै लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरिएको...

    ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन रोकिने कि खुला हुने? संसद्का दुई समितिबीच मतभेद, जलविद्युत कम्पनीहरू दबाबमा

    काठमाडौं, जेठ २५ – नेपालमा सार्वजनिक सेयर निष्कासनको नियमलाई लिएर संसद्भित्रै दुई महत्वपूर्ण समितिहरू —...

    संसद अवरोधबीच सत्तापक्षको स्पष्ट सन्देश — “विपक्षीले साथ दिए ठीकै, नदिए पनि संसद अघि बढ्छ”

    काठमाडौं, जेठ २५ – राजनीतिक तापक्रम चुलिंदै गएको यस घडीमा संसदको गतिरोध अन्त्यका लागि आइतबार...

    रंगेली प्रहरीको शान्ति सुरक्षा किन फितलो ? सिसि क्यामराको रेकर्ड हुँदाहुँदै पनि चोर फरार, प्रहरी मौन !

    मोरङ, जेठ २५ – ईलाका प्रहरी कार्यालय रंगेलीले जनताको शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न...