News Portal

  • धर्म प्रचार गर्दै हिँडेका २ विदेशीसहित ४ जना पक्राउ

    ४५० पटक

    बुटवल : सुकुम्बासी वस्तीमा इसाइ धर्म प्रचार गर्दै हिँडेको अभियोगमा प्रहरीले २ विदेशीसहित ४ जनालाई बुटवलको मोतीपुर क्षेत्रबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा जापानी नागरिक ४९ बर्षीय यासुको ओवा र ४५ बर्षीय मारी इक्युरा, गोरखा बारपाक घर भई हाल बुटवल ९ सुख्खानगर बस्ने ३५ बर्षीया तीर्थमाया घले, रुपन्देही तिलोत्तमा नगरपालीका नयाँ मिल बस्ने २५ बर्षीया पुष्पा घिमिरे रहेका छन् ।

    बुटवल १७ मोतीपुर क्षेत्रको सुकुम्बासी वस्तीका गरीब परिवारमा इसाइ धर्म प्रचार गरिरहेको अवस्थामा स्थानीय वासिन्दाले खबर गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले धर्मको प्रचार सामाग्रीसमेत बरामद गरेको छ ।

    हिन्दू धर्म वाहियात हो, मठ मन्दिर सैतानको घर हो भन्दै इसाइ धर्मको प्रचार गरेको देखेपछि आफुहरुले प्रहरीलाई खबर गरेको स्थानीय रबी पौडेलले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको वडाप्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख, प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

    उनीहरु सहित धर्म प्रचार गर्ने समूहमा १०/१२ जना रहेको स्थानीय वासिन्दाको दाबी छ । धर्म परिवर्तन गराउने कार्यमा संलग्न अन्य समूहको बारेमा पनि आवस्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

    प्रतिकृया दिनुहोस्

    सुर्खेतमा गोली प्रहार प्रकरण: थप एक जना पक्राउ, अझै एक जना फरार

    सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका तरुण दलका नेता ३७ वर्षीय विनोद गिरी लक्षित गोली प्रहारको घटनामा...

    सभामुखको बलजफ्तीले संसदमा धकेलाधकेल

    काठमाडौं। बिहीबार प्रतिनिधि सभा बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको छ। यसले सहमतिका लागि...

    महिलातर्फ धरान मेघा र आइएसए र पुरुषतर्फ यलम्वर र इमोर्टल उपाधिका लागि भिड्ने (फोटो फिचर)

    जेठ-३, बिहीबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा महिलातर्फ धरान मेघा कलेज र...

    मोरङको रंगेली स्थित आमतोलामा भिषण आगलागी, ठुलो धनराशीको क्षती

    जेष्ठ-३, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-३ स्थित आमतोला चोक नजिकैमा रहेको फर्निचर र ग्यारेजमा गए...

    मोरङको रंगेली स्थित भेडुवाथानको रिटेरिङ वाल भत्कियो

    जेष्ठ-३, बिहीबार/मोरङ –  मोरङको रङ्गेली डाँइनिया सडक खण्ड अन्तर्गत  सुनबर्षी नगरपालिका-९  स्थित भेडुवा थान नजिकै...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal