News Portal

धरानमा नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लबद्धारा पुनस्थापना केन्द्रका वालवालिकालाई दिवा खाजा

विकास चाम्लिङ राई, धरान
३७५ पटक

फाल्गुण-२६, शनिबार/धरान – सुनसरीको धरानमा ११४औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लबले धरानमा स्थापित पुनस्थापना केन्द्रका वालवालिकालाई दिवा खाजा खुवाएका छन । धरान- ८ स्थित सुम्निमा सेकेन्डरी स्कुलका विद्यार्थीहरुको क्लब सुम्निमा चाइल्ड क्लबले धरान १ स्थित पुनस्थापना केन्द्रका वालवालिकालाई शुक्रवार २६ जना वालवालिकालाई खाजा खुवाएका हुन ।

११४औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थी वालवालिकालाई व्यावहारिक ज्ञान दिनका लागि प्रत्यक्ष रुपमा उनीहरुलाई नै सहभागि गराइ उक्त कार्यक्रम आयोजना गरिएको सुम्निमा स्कुलका क्लबका संयोजक एवं शिक्षिक नम्रता तामाङले जानकारी गराईन । उनीहरुले आजको कार्यक्रमका लागि आफ्नो टिफिन खर्चबाट संचित रकम र शिक्षक शिक्षिकहरुबाट आर्थिक संकलन गरि सम्पन्न गरिएको शिक्षिका तामाङले बताईन् ।

धरानमा विस २०७६ सालमा स्थापना गरिएको क्लब भए पनि उनीहरुले अहिलेसम्म विद्यालय भित्र मात्र विभिन्न अतिरिक्त क्रियाकलापको अयाोजना गर्दै आइरहेका थिए। विद्यालय वाहिर यो हाम्रो पहिलो कार्यक्रम रहेको सुम्निमा चाइल्ड क्लवका अध्यक्ष आस्था राईले जानकारी दिईन्। क्लवमा १३ सदस्यीय कार्यसमिति रहेको उनले जानकारी दिईन् । 

विस २०३९ सालमा स्थापना भएको सुम्निमा स्कुलमा नर्सरीदेखि १० कक्षासम्म अध्यपन भइरहेको छ । कार्यक्रममा पुनस्थापना केन्द्रका भिमकुमार राईले चाइल्ड क्लवलाई रचनात्मक कार्य रहेको वताउदै खाजाका लागि धन्यवाद दिएका थिए ।

तस्वीरः विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...