News Portal

  • धरानमा नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लबद्धारा पुनस्थापना केन्द्रका वालवालिकालाई दिवा खाजा

    विकास चाम्लिङ राई, धरान
    ३१० पटक

    फाल्गुण-२६, शनिबार/धरान – सुनसरीको धरानमा ११४औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लबले धरानमा स्थापित पुनस्थापना केन्द्रका वालवालिकालाई दिवा खाजा खुवाएका छन । धरान- ८ स्थित सुम्निमा सेकेन्डरी स्कुलका विद्यार्थीहरुको क्लब सुम्निमा चाइल्ड क्लबले धरान १ स्थित पुनस्थापना केन्द्रका वालवालिकालाई शुक्रवार २६ जना वालवालिकालाई खाजा खुवाएका हुन ।

    ११४औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थी वालवालिकालाई व्यावहारिक ज्ञान दिनका लागि प्रत्यक्ष रुपमा उनीहरुलाई नै सहभागि गराइ उक्त कार्यक्रम आयोजना गरिएको सुम्निमा स्कुलका क्लबका संयोजक एवं शिक्षिक नम्रता तामाङले जानकारी गराईन । उनीहरुले आजको कार्यक्रमका लागि आफ्नो टिफिन खर्चबाट संचित रकम र शिक्षक शिक्षिकहरुबाट आर्थिक संकलन गरि सम्पन्न गरिएको शिक्षिका तामाङले बताईन् ।

    धरानमा विस २०७६ सालमा स्थापना गरिएको क्लब भए पनि उनीहरुले अहिलेसम्म विद्यालय भित्र मात्र विभिन्न अतिरिक्त क्रियाकलापको अयाोजना गर्दै आइरहेका थिए। विद्यालय वाहिर यो हाम्रो पहिलो कार्यक्रम रहेको सुम्निमा चाइल्ड क्लवका अध्यक्ष आस्था राईले जानकारी दिईन्। क्लवमा १३ सदस्यीय कार्यसमिति रहेको उनले जानकारी दिईन् । 

    विस २०३९ सालमा स्थापना भएको सुम्निमा स्कुलमा नर्सरीदेखि १० कक्षासम्म अध्यपन भइरहेको छ । कार्यक्रममा पुनस्थापना केन्द्रका भिमकुमार राईले चाइल्ड क्लवलाई रचनात्मक कार्य रहेको वताउदै खाजाका लागि धन्यवाद दिएका थिए ।

    तस्वीरः विकास चाम्लिङ राई

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...