News Portal

मोरङको रंगेलीमा दादुरा रूवेलाको खोप अभियानका लागि गोष्टी सम्पन्न

रबिन्द्र बराल, मोरङ
१८६ पटक

फाल्गुण-२३, बुधबार/मोरङ – राष्ट्रिय खोप कार्यक्रम रंगेली नगरपालिकामा संचालन भएको छ। रंगेली वडा नम्बर ७ ले फाल्गुण-२९ गतेदेखि आफ्नो वडाबासीहरुलाई लक्षित गर्दे खोप अभियान शुरु गरेको हो ।

वडा कार्यालयको भवनमा दादुरा रूवेला खोप अभियानका बिषयमा एकदिने अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको हो। उक्त कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र मंण्डल, वडा सचिव शर्मिला ठाकुर, अस्पताल नर्सिङ निरीक्षक संस्थागत क्लिनिक प्रमुख वर्षा श्रेष्ठ, स्थानीय पुनम सापकोटा, अनिल कुमार महतो, सन्तोष राउत, अन्नपूर्ण मण्डल  लगायतको उपस्थिति रहेको थियो ।

वडाले दादुरा रूवेला खोप अभियान संचालनका लागि  ६ मिहनादेखि १५ बर्ष सम्मको बालबालिकाहरुलाई  खोप लगाउ हुन रंगेली वडा नम्बर ७ का अभिभावकहरुलाई  हार्दिक अनुरोध समेत गरेको छ । 

सोही अनुरुप निचामारी विद्यालयमा २९ गते,  अविजित दत्त आधारभूत विद्यालय ३० गते,  आदर्श माध्यमिक विद्यालयमा चैत्र १ गते, सनगोलरी  बोर्डिङ स्कुलमा ४ गते,  मिनिल्याण्ड बोर्डिङ स्कुलमा ४ र ५  गते, भानु मेमोरियल बोर्डिङ स्कुलमा ६ गते, माउन्ट मकालु बोर्डिङ स्कुलमा ७ गते र ८ गते संस्थागत क्लिनिकमा ११ बजेदेखि खोप लगाउन नगरबासीका अभिभावकहरुलाई आफ्नो बालबालिकाहरुलाई समयमै नजिकैको खोप केन्द्रमा पुर्याएर दादुरा र रुवेलाको खोप लगाउन समेत सबैलाई जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...