News Portal

हेटौडा जीतपुर सिमरामा मंगलबार यात्रुबस दुर्घटना हुँदा ३० जना यात्रु घाईते

युवा राई, हेटौडा
१८२ पटक

फाल्गुण-२३, बुधबार/पथलैया – हेटौडा सडकखण्ड अन्तर्गत जीतपुरसिमरा-२२ स्थित तीन नम्बर पुलको बजार नजिक हिजो मंगलबार एक यात्रुबस दुर्घटना हुँदा ३० जना यात्रु घाईते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएका २२ जना यात्रुको अहिले उपचार भईरहेको र जसमध्ये दुई जनालाई आइसियुमा राखिएको छ। धाईतेहरुको हेटौंडामा १८ जना र अमलेखगञ्जमा चार जनाको भईरहेको छ । अन्य सामान्य घाइते भएका यात्रुहरु घर फर्किएका छन् ।

हेटौडाबाट जनकपुरतर्फ जाँदै गरेको ना६ख ९०३० नम्बरको यात्रुबस तीन नम्बर पुलको बजार नजिकैं बस खोलामा खसेको हो । घटनालगत्तै स्थानीय र अन्य सवारीसाधनका यात्रुले घाइतेको उद्धार गरेका थिए ।

घटनालगत्तै पुगेको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको गाडीले समेत पाँच यात्रुलाई उद्धार गरी अस्पताल लगेको थियो। हेटौंडाबाट फर्कने क्रममा दुर्घटना भएको देखेपछि पाँच जनालाई उद्धार गरेर तत्कालै हेटौंडास्थित अस्पताल लगिएको नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार सुरु भएपछि महानगरको गाडी वीरगन्ज फर्किएको छ ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...