News Portal

मोरङको रंगेलीमा ११४औं अन्तराष्ट्रिय महिला दिवस सम्पन्न

रबिन्द्र बराल, मोरङ
२८२ पटक

फाल्गुन-२३, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित १ सय १४औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरिएको छ।

“महिलामा लगानी सभ्य र सम्मनुत समाजको थालनी” भन्ने मुल नाराका सहित मोरङको रंगेली-७ स्थित जनता क्याम्पसको खेल मैदानमा एक कार्यक्रमको आयोजना गर्दै १ सय ११४औं अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएका हुन्। 

राष्ट्रिय नाराको सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाएको हो।  

आयोजित कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, विशिष्ट अतिथि विराटनगर महानगरपालिका उपमेयर सिल्पा निरौला, जिल्ला समन्वय समिति उपप्रमुख उषा झा ठाकुर, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, अतिथि विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराल, राष्ट्रिय मानवअधिकार आयोग निर्देशक पवन भट्ट, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराल, प्रहरी उपरिक्षक एसपी नवराज कार्की, अनुसन्धान एसी तिलक परसाई, रंगेली नगरपालीका प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतम र नगरका सम्पुर्ण वडाका अध्यक्षहरु, विभिन्न महिला संजालका प्रतिनिधिहरु लगायतका उल्लेख्य सहभागी रहेको थियो। 

मानव अधिकार सञ्जाल विराटनगर र महिला सञ्जाल सामाजिक संघ संस्था रंगेलीको आयोजना तथा  सामाजिक विकास मन्त्रालय विराटनगरको सहयोग र  सहकार्यमा  कार्यक्रम आयोजना गरिएको थियो।  

कार्यक्रम सहभागीहरुलाई गणेश माध्यमिक विद्यालय चोप्राहा, आदर्श माध्यमिक विद्यालय, महालक्ष्मी विद्यालय दर्वेश लगायतका छात्राहरूले नारी दिवसको उपलक्षमा विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर उपस्थित सहभागीहरुलाई मनोरञ्जन गराएका थिए। आयोजित कार्यक्रम रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...