News Portal

  • मोरङको रंगेलीमा ११४औं अन्तराष्ट्रिय महिला दिवस सम्पन्न

    रबिन्द्र बराल, मोरङ
    २१२ पटक

    फाल्गुन-२३, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित १ सय १४औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरिएको छ।

    “महिलामा लगानी सभ्य र सम्मनुत समाजको थालनी” भन्ने मुल नाराका सहित मोरङको रंगेली-७ स्थित जनता क्याम्पसको खेल मैदानमा एक कार्यक्रमको आयोजना गर्दै १ सय ११४औं अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएका हुन्। 

    राष्ट्रिय नाराको सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाएको हो।  

    आयोजित कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, विशिष्ट अतिथि विराटनगर महानगरपालिका उपमेयर सिल्पा निरौला, जिल्ला समन्वय समिति उपप्रमुख उषा झा ठाकुर, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, अतिथि विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराल, राष्ट्रिय मानवअधिकार आयोग निर्देशक पवन भट्ट, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराल, प्रहरी उपरिक्षक एसपी नवराज कार्की, अनुसन्धान एसी तिलक परसाई, रंगेली नगरपालीका प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतम र नगरका सम्पुर्ण वडाका अध्यक्षहरु, विभिन्न महिला संजालका प्रतिनिधिहरु लगायतका उल्लेख्य सहभागी रहेको थियो। 

    मानव अधिकार सञ्जाल विराटनगर र महिला सञ्जाल सामाजिक संघ संस्था रंगेलीको आयोजना तथा  सामाजिक विकास मन्त्रालय विराटनगरको सहयोग र  सहकार्यमा  कार्यक्रम आयोजना गरिएको थियो।  

    कार्यक्रम सहभागीहरुलाई गणेश माध्यमिक विद्यालय चोप्राहा, आदर्श माध्यमिक विद्यालय, महालक्ष्मी विद्यालय दर्वेश लगायतका छात्राहरूले नारी दिवसको उपलक्षमा विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर उपस्थित सहभागीहरुलाई मनोरञ्जन गराएका थिए। आयोजित कार्यक्रम रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...