News Portal

दुबै मृगौला पिडीत गायक राईलाई नगद ९९ हजार ५ सय आर्थिक सहयोग

बिकास चाम्लिङ राई, धरान
२३५ पटक

फाल्गुण-२२, मंगलबार/धरान – धरानका चर्चित गायक नवराम राईको उपचारका लागि धरान-१८ रत्न चौक निवासी हाल हङकङ वस्नुहुने महाप्रसाद राईद्धारा नगद ९९ सय हजार ५ सय रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

गायक राईलाई आर्थिक सहयोग रकम महाप्रसादका कान्छा भाई सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले गायक राईको घरमा पुगेर गत सोमवार  हस्तान्तरण गरेका हुन्। सहयोग दाता राईले हङकङ स्थित आफु काम गर्ने कम्पनी गेमन प्लान्ट डिपार्टमेन्टका सहकर्मीहरुसंग आर्थिक सहयोग रकम संकलन गरेर नेपाल पठाएका उनका कान्छा भाई नविन राईले हिमालीसंचारडटकमसंग जानकारी गराए।

लोकप्रिय गीत “गुरासको फेद मुनी, सम्झनाको छाया” गीतका गायक हुन नवराम राई। उनी लामो समय धरान १७ रत्नचौक बसेका राई हाल धरान- ११ स्थित रिटिङमा बस्दै आएका छन् । गायक राईको दुवै मृगौलामा समस्या देखिएको छ । 

उनी करिव दुई हप्ता धरान स्थित वीपी प्रतिष्ठानमा उपचार गराई भर्खरै डिस्चार्ज भएर आफ्नो घरमा आराम गरी रहेका छन् । डाक्टरका अनुसार हप्तामा दुई पटक डायलासिस गर्न पर्ने भएको छ । गायक राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ। थप उपचारको लागि धरान बाहिर लान परे पैसा नभएको उनले बताए। 

गायक राईले आर्थिक सहयोगका लागि संचारमाध्यमबाट, साथी-भाई, इष्टमित्रहरुलाई आग्रह गरेका छन्। लामो समय संगीत क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गीत आफै गाइसकेका छन भने केहि गीतमा संगीत भरेका छन् ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...