News Portal

दुबै मृगौला पिडीत गायक राईलाई नगद ९९ हजार ५ सय आर्थिक सहयोग

बिकास चाम्लिङ राई, धरान
२७३ पटक

फाल्गुण-२२, मंगलबार/धरान – धरानका चर्चित गायक नवराम राईको उपचारका लागि धरान-१८ रत्न चौक निवासी हाल हङकङ वस्नुहुने महाप्रसाद राईद्धारा नगद ९९ सय हजार ५ सय रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

गायक राईलाई आर्थिक सहयोग रकम महाप्रसादका कान्छा भाई सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले गायक राईको घरमा पुगेर गत सोमवार  हस्तान्तरण गरेका हुन्। सहयोग दाता राईले हङकङ स्थित आफु काम गर्ने कम्पनी गेमन प्लान्ट डिपार्टमेन्टका सहकर्मीहरुसंग आर्थिक सहयोग रकम संकलन गरेर नेपाल पठाएका उनका कान्छा भाई नविन राईले हिमालीसंचारडटकमसंग जानकारी गराए।

लोकप्रिय गीत “गुरासको फेद मुनी, सम्झनाको छाया” गीतका गायक हुन नवराम राई। उनी लामो समय धरान १७ रत्नचौक बसेका राई हाल धरान- ११ स्थित रिटिङमा बस्दै आएका छन् । गायक राईको दुवै मृगौलामा समस्या देखिएको छ । 

उनी करिव दुई हप्ता धरान स्थित वीपी प्रतिष्ठानमा उपचार गराई भर्खरै डिस्चार्ज भएर आफ्नो घरमा आराम गरी रहेका छन् । डाक्टरका अनुसार हप्तामा दुई पटक डायलासिस गर्न पर्ने भएको छ । गायक राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ। थप उपचारको लागि धरान बाहिर लान परे पैसा नभएको उनले बताए। 

गायक राईले आर्थिक सहयोगका लागि संचारमाध्यमबाट, साथी-भाई, इष्टमित्रहरुलाई आग्रह गरेका छन्। लामो समय संगीत क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गीत आफै गाइसकेका छन भने केहि गीतमा संगीत भरेका छन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...