News Portal

मोना कुवेतद्वारा महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्सी हस्तान्तरण

हिमालीसंचार संवाददाता
२४३ पटक

म्याग्दी – म्याग्देलीहरुको साझा सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्सी हस्तान्तरण गरेको छ ।

मोना कुवेतले आफ्नो ‘मोना कोसेली बचत’ अन्तर्गत म्याग्दी जिल्ला मंगला ३ बरंजास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयलाई ४० थान कुर्सी हस्तान्तरण गरेको हो । विद्यालयको कम्प्यूटर कक्षा र सभाहलमा बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ उक्त कुर्सी प्रदान गरिएको हो ।

मोना कुवेतका सस्थापक महासचिव तथा वर्तमान प्रमुख सल्लाहकार चन्द्र गोतामेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विलभ थापा, प्रधानाध्यापक कृष्णलाल सापकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण आचार्यलाई उक्त कुर्सी हस्तान्तरण गरेका हुन् । मोना कोसेली बचत कोष मार्फत १५ हजार रुपैयाँ , अध्यक्ष दिपक छन्त्याल बाट ५ हजार रुपैयाँ र सस्थापक महासचिव तथा वर्तमान प्रमुख सल्लाहकार चन्द्र गोतामे बाट ११ हजार रुपैयाँ सहित ३१ हजार रुपैयाँ बराबरको ४० थान कुर्सी हस्तान्तरण गरेको हो ।

मोना कुवेतमा आबद्ध भई घरबिदामा आउने प्रत्यक सदस्यले आफ्नो ठाउँमा रहेका दु:खी गरिब तथा विद्यालयलाई ‘मोना कोसेली बचत कोष’ मार्फत १५ हजार बराबरको सहयोग गर्न सकिने छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका म्याग्देलीहरुद्वारा सन् २०१८ मा ‘प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्दै आएको छ । कुवेतमा कार्यरत रही अलपत्र परेका म्याग्देली तथा गैर म्याग्देलीलाई उद्धार सहयोग गर्नुको साथै जिल्लामा भौतिक पूर्वाधार निर्माण गर्नमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...