News Portal

  • मोना कुवेतद्वारा महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्सी हस्तान्तरण

    हिमालीसंचार संवाददाता
    १९२ पटक

    म्याग्दी – म्याग्देलीहरुको साझा सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्सी हस्तान्तरण गरेको छ ।

    मोना कुवेतले आफ्नो ‘मोना कोसेली बचत’ अन्तर्गत म्याग्दी जिल्ला मंगला ३ बरंजास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयलाई ४० थान कुर्सी हस्तान्तरण गरेको हो । विद्यालयको कम्प्यूटर कक्षा र सभाहलमा बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ उक्त कुर्सी प्रदान गरिएको हो ।

    मोना कुवेतका सस्थापक महासचिव तथा वर्तमान प्रमुख सल्लाहकार चन्द्र गोतामेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विलभ थापा, प्रधानाध्यापक कृष्णलाल सापकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण आचार्यलाई उक्त कुर्सी हस्तान्तरण गरेका हुन् । मोना कोसेली बचत कोष मार्फत १५ हजार रुपैयाँ , अध्यक्ष दिपक छन्त्याल बाट ५ हजार रुपैयाँ र सस्थापक महासचिव तथा वर्तमान प्रमुख सल्लाहकार चन्द्र गोतामे बाट ११ हजार रुपैयाँ सहित ३१ हजार रुपैयाँ बराबरको ४० थान कुर्सी हस्तान्तरण गरेको हो ।

    मोना कुवेतमा आबद्ध भई घरबिदामा आउने प्रत्यक सदस्यले आफ्नो ठाउँमा रहेका दु:खी गरिब तथा विद्यालयलाई ‘मोना कोसेली बचत कोष’ मार्फत १५ हजार बराबरको सहयोग गर्न सकिने छ ।

    वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका म्याग्देलीहरुद्वारा सन् २०१८ मा ‘प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्दै आएको छ । कुवेतमा कार्यरत रही अलपत्र परेका म्याग्देली तथा गैर म्याग्देलीलाई उद्धार सहयोग गर्नुको साथै जिल्लामा भौतिक पूर्वाधार निर्माण गर्नमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...