News Portal

मोरङको पब्लिक माविले प्राविधिक संकायतर्फ अध्ययनरत छात्र-छात्राहरुलाई सम्मान

रबिन्द्र बराल, मोरङ
८१३ पटक

फाल्गुन-२०,आईतबार/मोरङ – मोरङको रंगेली  नगरपालिका वडा नम्बर-६ स्थित रहेको पब्लिक  माध्यमिक विद्यालयको प्राविधिक संकायतर्फ अध्ययनरत विद्यार्थीहरूलाई विदाइ तथा उत्कृष्ट अंक ल्याउने छात्र-छात्राहरूलाई सम्मान गरिएको छ।

आयोजित कार्यक्रममा विद्यार्थीहरूले इन्जिनियरिङ मोडेलको काटुनबाट बनाईएको घर र स्माटसिटीको चित्रण तथा हाइड्रोलिक ब्रिज बनाउदै उक्त विषयमा जानकारी गराएका थिए। उक्त कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनो प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो। 

कार्यक्रमको अतिथि पब्लिक विद्यालयका प्राचार्य  विद्यालयका शिक्षकहरु प्राविधिक सकायका प्रमुख  इन्जिनियर कमलेश्वर ठाकुर, बिधालयका प्रधानाध्यापक अरबिन कुमार शाह, शिक्षक धर्मधोज पौड्याल, क्याम्पसका रमेश चन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूले आफूले आफ्नै गाउँमा रहेको प्राविधिक विद्यालयमा पढ्न पाएकोमा खुसी व्यक्त समेत गरेका छन् ।  

विस २०७७ ब्याचका अजय कुमार मण्डलले तेस्रो सेमेष्टर ७८% अंक ल्याइ सेमेष्टर टप गरे । चौथौं सेमेष्टरमा ७१% अंक ल्याइ सन्तोष यादवले सेमेष्टर टप गरे भने त्यसरी नै २०७७ ब्याचकै बसन्त कुमार मण्डलले ७६% अंक प्राप्त गर्दै पाँचौ सेमेष्टरमा टप गरे। त्यसरी नै २०७८ ब्याचका प्रहलाद मुखिया, दोस्रो सेमेस्टर ७७% अंक ल्याइ सेमेष्टर टप गरे ।  त्यस्तै, विस २०७९ ब्याचका प्रहलाद कुमार ताजपुरिया ६७% अंक प्राप्त गर्दै प्रथम सेमेस्टर टप गरेकालाई बिधालयले सम्मान गरेको थियो ।

तस्वीरः रबिन्द्र बराल

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...