आज : २०२६-०६-३०, मङ्गलबार

मोरङको रंगेली बसपार्कमा सेन्टिगेटका कारण यात्रुहरु मर्कामा

फाल्गुन-२०, आईतबार/मोरङ – मोरङको रंगेली विराटनगर सडक खण्डमा संचालित  पुर्वी सुनौलो यातायात संघद्वारा संचालनमा आएको सार्वजनिक बसहरु समयमै नपाउदा स्थानीय, बिधार्थी, बिरामीहरु समस्यामा पर्ने गरेका छन ।

रंगेली बसपार्कबाट दैनिक १५-१५ मिनेटको अन्तरालमा रंगेलीदेखि विराटनगरसम्म बस संचालन हुदै आएता पनि बिहानको समयमा पहिलो बस ६:३० बजे बसपार्कबाट विराटनगरसम्म छुटी सक्नुपर्ने भएता पनि सेन्टिगेटको लापरवाहीका कारणले गर्दा प्राय जसो दुईवटा नम्बर एकै पल्ट पठाउने  र यात्रुहरुलाई समेत गाडिमा क्षमताभन्दा बढी यात्रु लिएर जाने गरेको स्थानीयले आरोप लगाएका छन । 

स्थानीय राम भरोस शर्माले प्रत्येक साताको तीन दिन आफ्नो बुवालाई मोरङ सहकारी अस्पताल विराटनगरमा डायलासिसको लागि सार्वजनिक बसमा जाने र  ढिलो अस्पताल  पुग्दा  दिनभरी समय लाग्ने गरेको र बिरामीलाई समेत समस्या हुने गरेको शर्माले बताए । 

स्थानीय शम्भु राईका अनुसार आफूले पनि दैनिक आफ्नो छोरीलाई विराटनगरमा पढाइको लागि  सार्वजनिक यातायातबाट पठाउने गरेको र सवारी साधन समयमै नपाउँदा पढाइमा समेत बाधा पुग्ने गरेको राईले हिमालीसंचारडटकमसंग बताए। 

रंगेली बसपार्कबाट दैनिक ४९ वटा सार्वजनिक यातायात समेत संचालन हुदै आएको छ । उक्त बसपार्कबाट विराटनगर, होक्लावरी, आमबारी, अमरदह, कानेपोखरी, भाउने, झुर्किया, कल्यणपुर  लगायतका स्थनाहरुमा यातायात संचालन हुदै आईरहेको छ । 

यता सेन्टिगेटका भुवन रायका अनुसार कहिलेकाहीँ यातायातहरू रिजर्भ जानु पर्ने भएको समयमा यस्तो समस्या आउने गरेको बताउछन्। र, बाँकी दिनमा त्यस्तो समस्या नभएको उनले हिमालीसंचारडटकमसंग बताए।