News Portal

धरान वडा नं. १८ वडा कार्यालयद्वारा धरानका दलित महिला संजाललाई कार्यालय सामाग्री प्रदान

बिकास चाम्लिङ राई, धरान
३४३ पटक

फाल्गुन-१८, शुक्रबार/धरान – धरान उपमहानगरपालिका वडा नं. १८ कार्यालयले दलित महिला संजाल धरान नगर कमिटिलाई कार्यालय प्रयोजनका लागि कार्यालय सामग्री प्रदान गरेको छ ।

वडा कार्यालयले शुक्रवार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। वडा कार्यालयले करिव ४० हजार रुपैया बरापरको एक थान अफिस टेवल, स्टिल दाराज एक थान र कुर्सी एक थान प्रदान गरेको छ। 

कार्यक्रमका सभाध्यक्ष वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई “प्रविण”ले संजालका अध्यक्ष सुनिता सेन्चुरीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।दलित महिला संजाल संस्था दलित महिलाहरुको हक, हितका लागि विस २०७५ सालमा स्थापना भएको संजालका सल्लाहकार सकुन्तला त्रिखत्रीले जानकारी गराइन्। 

संस्था स्थापना भएपनि संस्था संचालनका लागि कार्यालयका लागि कोठा नभएपछि धरान-११ स्थित आफ्नै घरको एक कोठा कार्यालय प्रयोजनका लागि प्रयोग गरिरहेकी उनले जानकारी दिईन्। गत साल पनि १८ न. वडा कार्यालयले नै कार्यालयको लागि कुर्सी प्रदान गरेको थियो ।

महिला संजाल संस्थामा धरान उपमहानगरपालिका धरान भित्रका दलित महिलाहरु आवद्ध रहेको उनले वताए। सहयोग हस्तान्तरण कार्यक्रममा अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, धरान १८ नं वडा सदस्य जमुना त्रिखत्रि मोक्तान, दिलकुमारी राई, देवान चाम्लिङ, वडा सचिव धर्मराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...