News Portal

श्री मावि घोपालाई लायन्स विजयपुरद्धारा शैक्षिक सामग्री वितरण

विकास चाम्लिङ राई, धरान
२२१ पटक

फाल्गुण-१५, मंगलबार/धरान – लायन्स क्लव अफ धरान विजयपुरद्धारा धरान-१७ टेम्के चौक स्थित श्री मावि घोपा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

क्लवले मंगलवार विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरेर घोपा स्कुलका ७ कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री र जेहेन्दार एक छात्र र एक छात्रा विद्यार्थीलाई स्कुल पोशाक प्रदान गरेको हो । क्लवले १ सय ६० विद्यार्थीहरुलाई करिव ३३ हजार रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् । 

शैक्षिक सामग्रीका लागि सहयोग रकम धरान ८ निवासी हाल बेलायत बस्नु हुने दल याङदेन र उनको श्रमती गिता याङदेनले उपलव्ध गराएका हुन । उनिहरुले आफ्नो २७औं वैवाहिक वर्षगाठको अवसरमा सामाजिक कार्यका लागि रकम उपलव्ध गराएका हुन । उनीहरुले आफ्नो वैवाहिक वर्षगाठको अवसरमा नियमित रुपमा सामाजिक कार्य गर्दै आइरहेको उनको साथी समेत रहेका एलसिआइएफ जिल्ला संयोजक लायन्स रेखा गुरुङले जानकारी दिए। उनका अनुसार गुरुङकै पहलमा सहयोग रकम क्लवलाई प्रदान गरेका हुन ।

उक्त सामग्री कार्यक्रमका सभाध्यक्ष लायन्स विजयपुरका अध्यक्ष उमा ताम्रकार, प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक गभर्नर धिरज गुरुङ, प्रोटोकल चिफ लायन्स विपिन सुब्बा, समाजेवी सम्राट श्रेष्ठ, व्लड चिफ टंक गुरुङ लगायतले वितरण गरेका थिए ।

श्री मावि घोपा स्कुल २०२६ सालमा स्थापना भएको विधालय हो । हाल शिसु कक्षादेखि १० कक्षासम्म अध्यपन भइरहेको छ । विद्यालयमा हाल २ सय ३४ जना विद्यार्थीहरु अध्ययनरत छन् । आयोजित कार्यक्रममा विद्यालयका प्रधानध्यापक रवि भुजेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन राई, लायन्स एकता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...