News Portal

धरानका चर्चित गायक नौरान राईलाई आर्थिक सहयोग हस्तान्तरण

“उपचारका लागि गायक राईद्धारा आर्थिक सहयोगको अपिल!”

विकास चाम्लिङ राई, धरान
२२२ पटक

फाल्गुण-१५, मंगलबार/धरान – धरानका चर्चित गायक नौरान राईलाई धरान-१७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद पाँच हजार रुपैया सहयोग गरेका छन ।

धरान-१७ निवासी मधुकुमार राई कर्मथलोबाट धरान आएको समयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका गायक राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनले सामाजिक संजालमा नौरान राईको बारेमा थाहा पाएपछि तत्काल व्यक्तिगत रुपमा केहि रकम सहयोग गरेको राईले वताए। लामो समय धरान १७ रहेका राईको उपचारको लागि संस्थागत रुपमा धरान-१७ समाज हङकङले उपचारका लागि आर्थिक सहयोग अभियान चलाइने समेत बताए।

लोकप्रिय गीत “गुरासको फेद मुनि, सम्झनाको छाया” गीतका गायक हुन नौरान राई । पछिल्लो समय धरान ११ स्थित रिटिङमा वस्दै आएका राई गत हप्तादेखि वीपी अस्पतालमा उपचार गराई रहेका छन्। उनको दुवै मृगौलामा समस्या देखिएको छ । डाक्टरका अनुसार तिन पटक डायलासिस गरेपछि थप अवस्था बारे जानकारी हुनेछ । राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ ।

थप उपचारको लागि धरान बाहिर लान परे पैसा नभएको वताउछन । उनले सहयोगका लागि संचारमाध्यमबाट साथी-भाई, इष्टमित्रहरुलाई आग्रह समेत गरेका छन । लामो समय संगित क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गीत गाइसकेका छन भने केहि गीतमा संगित समेत भरेका छन ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...