News Portal

धरानका चर्चित गायक नौरान राईलाई आर्थिक सहयोग हस्तान्तरण

“उपचारका लागि गायक राईद्धारा आर्थिक सहयोगको अपिल!”

विकास चाम्लिङ राई, धरान
२५८ पटक

फाल्गुण-१५, मंगलबार/धरान – धरानका चर्चित गायक नौरान राईलाई धरान-१७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद पाँच हजार रुपैया सहयोग गरेका छन ।

धरान-१७ निवासी मधुकुमार राई कर्मथलोबाट धरान आएको समयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका गायक राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनले सामाजिक संजालमा नौरान राईको बारेमा थाहा पाएपछि तत्काल व्यक्तिगत रुपमा केहि रकम सहयोग गरेको राईले वताए। लामो समय धरान १७ रहेका राईको उपचारको लागि संस्थागत रुपमा धरान-१७ समाज हङकङले उपचारका लागि आर्थिक सहयोग अभियान चलाइने समेत बताए।

लोकप्रिय गीत “गुरासको फेद मुनि, सम्झनाको छाया” गीतका गायक हुन नौरान राई । पछिल्लो समय धरान ११ स्थित रिटिङमा वस्दै आएका राई गत हप्तादेखि वीपी अस्पतालमा उपचार गराई रहेका छन्। उनको दुवै मृगौलामा समस्या देखिएको छ । डाक्टरका अनुसार तिन पटक डायलासिस गरेपछि थप अवस्था बारे जानकारी हुनेछ । राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ ।

थप उपचारको लागि धरान बाहिर लान परे पैसा नभएको वताउछन । उनले सहयोगका लागि संचारमाध्यमबाट साथी-भाई, इष्टमित्रहरुलाई आग्रह समेत गरेका छन । लामो समय संगित क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गीत गाइसकेका छन भने केहि गीतमा संगित समेत भरेका छन ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...