News Portal

आज विश्व रेडियो दिवस: रेडियोको महत्व र योगदान अझै पनि सान्दर्भिक

हिमालीसंचार संवाददाता
२३० पटक

काठमाण्डौ। आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो।

यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ। सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ।

नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण शुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो।

एफएम प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो। देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन्। रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ। बढ्दो प्रविधिसँगै सञ्चार क्षेत्रमा अन्य धेरै विकल्पहरु थपिएका छन्।

तर रेडियोको महत्व र योगदान अझै पनि सान्दर्भिक नै छ।।चेतना प्रवाह, हरेक राजनीतिक परिवर्तन, विकास निर्माण, शिक्षा, स्वास्थ्यसँगै भूकम्पजस्ता विपद्मा रेडियोको भूमिकालाई महत्वपूर्ण मानिन्छ। तर पछिल्लो पटक रेडियोका लागि पनि आर्थिक सङ्कट चुनौतीपूर्ण बनेको छ।

त्यसै कारण कतिपय रेडियो बन्द भएका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेका छन्। मुख्यगरी पछिल्लो पटक विश्वव्यापी रुपमा देखिएको कोरोना महामारी र त्यसपछि अर्थतन्त्र आएको शिथिलताको प्रभाव रेडियोमा पनि परेको हो।

अहिले धेरैजसो रेडियो सञ्चालक र रेडियोकर्मीको ध्यान आर्थिक सङ्कटबाट रेडियोलाई कसरी बचाउने भन्नेमा केन्द्रित छ। राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको रेडियोको योगदानलाई सरकारले बेवास्ता गर्ने गरेको गुनासो छ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...