News Portal

अनिल शाह बने ओडीआईमा अर्धशतक बनाउने नेपाली खेलाडी

हिमालीसंचार संवाददाता
३०६ पटक

काठमाडौं। क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालका अनिल शाहले अर्धशतक बनाएका छन्। उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन्।

अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन्। उनले बनाएको अर्धशतक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो हो।

यसअघि पपुवा न्युगिनीविरुद्ध सन् २०२३ मा कीर्तिपुर मैदानमा आसिफ सेखले २१ बलमा अर्धशतक बनाएका थिए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

नेपालले ६.३ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ६४ रन बनाएको छ। नेपालले आसिफ सेखलाई १० रनमा गुमाएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...