News Portal

मिलन नेवार र सुरेन्द्र महर्जन अमरको मनको ढोका सार्वजनिक

हिमालीसंचार संवाददाता
५०७ पटक

माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य जस्तो हुने भएकोले हजार लाख जति मान्छे भए पनि माया साटासाट गर्नुपर्ने हुन्छ । आफूले आफैलाई माया गरेर मात्र चल्दैन दुनियाँ । हरेक मान्छेले  माया गर्न जरुरी हुन्छ ।

जिन्दगी त्यसै चल्दैन जिन्दगी तब मात्रै चल्छ जब एकलाई अर्कोले माया गर्छ । रमाइलो गर्दै जीउन एकले अर्कोलाई माया गर्नुपर्ने भएकोले पनि होला । गायिका मिलन नेवार र सुरेन्द्र महर्जनको स्वरमा रहेको ”मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है ।” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा संगीतकार राम कार्कीको सङ्गीत रहेको छ भने म्युजिक भिडियोको निर्देशक रोशन कुमार श्रेष्ठबाट निर्देशन गरिएको हो ।

सार्वजनिक भिडियोमा कलाकारहरूमा सम्पदा वानिया र प्रदिप खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मधुशाला म्युजिकको तर्फबाट गीतको अडियो बजारमा आएको र भिडियो अमर म्युजिकबाट सार्वजनिक भएको हो । दृश्य निर्माण सानिध्या फिल्मको रहेको छ । भिडियो सम्पादन सुरेश राउतबाट गरिएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...