News Portal

कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन

हिमालीसंचार संवाददाता
६५८ पटक

कुवेत – बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन।
भने उनको मोबाईल अहिले स्विच रहेको छ भने म्यासेन्जर व्हाटसपमा गत जनवरी १६ पछि अनलाइन देखाएको छैन। परिवार तनावमा रहेका छ्न। शर्माको श्रीमतीले कुवेत स्थित नेपाली दूतावास, एनआरएनए, नेपाली संघ सस्था र पत्रकारहरुलाई आफ्नो श्रीमानको खोजीको अनुरोध गरेकीछ्न।

बाग्लुङका दिल्लीराज शर्मा सम्पर्कबिहिन भएको कुरा नेपाली दूतावासका श्रम सहचारी गिरि प्रसाद आचार्यलाई जानकारी गराई सकिएको कृष्ण पौडेलले बताउदै सम्भव भएका ठाँउहरुमा आफु र साथीहरू खोजी कार्यमा लागि परेको जानकारी गराएका छ्न । ११ दिन बित्दा पनि उनको कुनै जानकारी प्राप्त हुन सकेको छैन।

शर्मा कस्तो समस्यामा परेर सम्पर्क बिहिन भए अन्योलता छाएको छ। कुवेतमा रहनु भएका नेपाली दाजु भाई दिदी बहिनीहरुले शर्मालाई कहि कतै देखेमा वा केहि जानकारी भएमा नेपाली दूतावास कुवेत तथा तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिनु हुन समेत आफन्त रघुनाथ अर्यालले आग्रह गरेका छ्न।
सम्पर्कको लागि कृष्ण पौडेल ६५५८९५२०, रघुनाथ अर्याल ६५१७३६६५

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...