News Portal

मोरङको रंगेली वडा नम्बर-६ स्थित स्वास्थ्य विमा शक्तिको आडमा वितरण

रबिन्द्र बराल, मोरङ
२४७ पटक

माघ-१२,शुक्रबार/मोरङ – नेपाल सरकारले बिगत दुई बर्षदेखि भुमिहिन सुकुमवासी, भुमिहिन दलित, स्वास्थ्य स्वयं सेविकाहरुका लागि निःशुल्क स्वास्थ्य विमा अभियान संचालन गर्दै आएता पनी यो बर्ष शक्तिको भरमा विमा गरेका छन् ।

मोरङको रंगेली नगरपालिकाले आफ्नो सम्पूर्ण वडाहरुमा स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ। रंगेली नगरपालिकाको वडा नम्बर ६ ले गत बर्ष १ सय ५६ जनाले विमा गरेका थिए। यस बर्ष ५१ जनाको विमा समेत गरिएको वडासचिव निरञ्जन  कुमार दासले बताए । 

रंगेलीका वडा कार्यालयले हुने खाने र जग्गा जमिन भएका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराएको र दलित र आर्थिक अवस्था कमजोर भएको व्यक्तिलाई विमा नगराएको स्थानीय सुगरु पासवानले बताए । सो गाउँमा २६ घर परिवार रहेको भएता पनि वडाले उक्त गाउँमा ५ देखि ७ वटा घर परिवारहरुलाई मात्रै स्वास्थ्य विमा दिएको स्थानीय तारादेवि काहरले बताईन। 

स्थानीय युवा चन्दन पासवाका अनुसार वडाले १ कठ्ठा देखि १ बिधा खेती पाती हुने र शक्तिको भरमा विमा गरिएको आरोप समेत लागाएका छन । वडाअध्यक्ष सुजित मण्डलले भने आफुहरुले सुकुम्बासीहरुलाई मात्रै स्वास्थ्य विमा गराएको समेत जानकारी गराएका छन्।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...