News Portal

मोरङको रंगेली वडा नम्बर-६ स्थित स्वास्थ्य विमा शक्तिको आडमा वितरण

रबिन्द्र बराल, मोरङ
२१२ पटक

माघ-१२,शुक्रबार/मोरङ – नेपाल सरकारले बिगत दुई बर्षदेखि भुमिहिन सुकुमवासी, भुमिहिन दलित, स्वास्थ्य स्वयं सेविकाहरुका लागि निःशुल्क स्वास्थ्य विमा अभियान संचालन गर्दै आएता पनी यो बर्ष शक्तिको भरमा विमा गरेका छन् ।

मोरङको रंगेली नगरपालिकाले आफ्नो सम्पूर्ण वडाहरुमा स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ। रंगेली नगरपालिकाको वडा नम्बर ६ ले गत बर्ष १ सय ५६ जनाले विमा गरेका थिए। यस बर्ष ५१ जनाको विमा समेत गरिएको वडासचिव निरञ्जन  कुमार दासले बताए । 

रंगेलीका वडा कार्यालयले हुने खाने र जग्गा जमिन भएका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराएको र दलित र आर्थिक अवस्था कमजोर भएको व्यक्तिलाई विमा नगराएको स्थानीय सुगरु पासवानले बताए । सो गाउँमा २६ घर परिवार रहेको भएता पनि वडाले उक्त गाउँमा ५ देखि ७ वटा घर परिवारहरुलाई मात्रै स्वास्थ्य विमा दिएको स्थानीय तारादेवि काहरले बताईन। 

स्थानीय युवा चन्दन पासवाका अनुसार वडाले १ कठ्ठा देखि १ बिधा खेती पाती हुने र शक्तिको भरमा विमा गरिएको आरोप समेत लागाएका छन । वडाअध्यक्ष सुजित मण्डलले भने आफुहरुले सुकुम्बासीहरुलाई मात्रै स्वास्थ्य विमा गराएको समेत जानकारी गराएका छन्।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...