News Portal

उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन

हिमाली संचार संवाददाता
४५८ पटक

काठमाडौँ– उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २८६ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २३ संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।
सफाइमा नायिका करिष्मा मानन्धर पनि सहभागी हुनुभएको थियो । भाइटीकाको भोलिपल्ट कात्तिक २४ गते शनिबारसमेत सफाइ अभियानलाई निरन्तरता दिइने भएको छ ।

मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४७ औँ हप्ताको सफाइ कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित शिवचोक क्षेत्रमा गरेको छ ।

सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए। कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर कागेश्वरी मनोहरा नगरपालिकाले व्यवस्थापन गरेको छ ।

रुद्रमती सफाइको २४१ औँ हप्तामा रातोपुल–कालोपुल–सेतोपुल क्षेत्रको दुवैतर्फ सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताए ।
सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत स्थानीयवासीको सहभागिता थियो ।

विष्णुमती सफाइको २१३ हप्तामा कालीमाटी पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा भीमेश्वर महिला समाजकी अध्यक्ष छोरीमायाँ डङ्गोलको नेतृत्वमा महिलाको उल्लेखनीय उपस्थिति थियो । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।

विष्णुमती किनारका पाँच स्थानमा ट्र्याक्टरमा राखेर मेशिन ल्याई पुराना कपडालाई कपास बनाउँदा फोहर बढेको छ । महानगरपालिकाले वास्ता नगर्दा सफा हुन थालेको नदीमा फोहर बढ्न लागेको उनले बताए ।

तिलगङ्गा महिला समूहले आयोजना गरेको त्यस क्षेत्रको १८८ हप्ताको सफाइमा नदीममा फालिएका बाँसलगायत फोहर गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले जानकारी दिइन् ।

मनोहरा सफाइको ८६औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित नरेफाँटअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालसहित ११० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिए ।

चक्रपथ सफाइको ८२औँ हप्तामा नयाँ बसपार्क आकाशे पुल वरपरको क्षेत्रमा सफाइ गरियो । सफाइका क्रममा सडकको सीमा मिचेर निर्माण गरिएका १५ टहरा महानगरपालिकाले भत्काएको अभियानकर्मी लोकबहादुर टण्डनले सुनाए ।
सो अवसरमा सडक किनारमा थुपारिएका बाँस र काठका थुप्रा पनि उठाइएको थियो । ७५० जना अभियानकर्मीको सहभागितामा भएको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले त्यस क्षेत्रको सार्वजनिक जग्गाको नाप जाँचसमेत शुरु गरेको छ । गुट्खा, सुर्तीका खोल र प्लाष्टिकजन्य चिजबिजको बेचबिखनमा प्रतिबन्ध लगाउन चक्रपथ सफाइ अभियानकर्मीले माग गरेका छन् ।

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगर सफाइको ८२औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आलोकनगर सफाइकर्मी अभियानकर्मीको समूह वाग्मती सफाइ महाभियानको सफाइमा बुद्धनगर पुगेको संयोजक प्रमिला पौडेलले बताइन् ।

चक्रपथ बाफलखण्डको ६४औँ हप्तामा स्युचाटार पुलबाट सोल्टी दोबाटोसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...