News Portal

उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन

हिमाली संचार संवाददाता
४३५ पटक

काठमाडौँ– उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २८६ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २३ संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।
सफाइमा नायिका करिष्मा मानन्धर पनि सहभागी हुनुभएको थियो । भाइटीकाको भोलिपल्ट कात्तिक २४ गते शनिबारसमेत सफाइ अभियानलाई निरन्तरता दिइने भएको छ ।

मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४७ औँ हप्ताको सफाइ कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित शिवचोक क्षेत्रमा गरेको छ ।

सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए। कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर कागेश्वरी मनोहरा नगरपालिकाले व्यवस्थापन गरेको छ ।

रुद्रमती सफाइको २४१ औँ हप्तामा रातोपुल–कालोपुल–सेतोपुल क्षेत्रको दुवैतर्फ सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताए ।
सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत स्थानीयवासीको सहभागिता थियो ।

विष्णुमती सफाइको २१३ हप्तामा कालीमाटी पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा भीमेश्वर महिला समाजकी अध्यक्ष छोरीमायाँ डङ्गोलको नेतृत्वमा महिलाको उल्लेखनीय उपस्थिति थियो । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।

विष्णुमती किनारका पाँच स्थानमा ट्र्याक्टरमा राखेर मेशिन ल्याई पुराना कपडालाई कपास बनाउँदा फोहर बढेको छ । महानगरपालिकाले वास्ता नगर्दा सफा हुन थालेको नदीमा फोहर बढ्न लागेको उनले बताए ।

तिलगङ्गा महिला समूहले आयोजना गरेको त्यस क्षेत्रको १८८ हप्ताको सफाइमा नदीममा फालिएका बाँसलगायत फोहर गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले जानकारी दिइन् ।

मनोहरा सफाइको ८६औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित नरेफाँटअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालसहित ११० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिए ।

चक्रपथ सफाइको ८२औँ हप्तामा नयाँ बसपार्क आकाशे पुल वरपरको क्षेत्रमा सफाइ गरियो । सफाइका क्रममा सडकको सीमा मिचेर निर्माण गरिएका १५ टहरा महानगरपालिकाले भत्काएको अभियानकर्मी लोकबहादुर टण्डनले सुनाए ।
सो अवसरमा सडक किनारमा थुपारिएका बाँस र काठका थुप्रा पनि उठाइएको थियो । ७५० जना अभियानकर्मीको सहभागितामा भएको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले त्यस क्षेत्रको सार्वजनिक जग्गाको नाप जाँचसमेत शुरु गरेको छ । गुट्खा, सुर्तीका खोल र प्लाष्टिकजन्य चिजबिजको बेचबिखनमा प्रतिबन्ध लगाउन चक्रपथ सफाइ अभियानकर्मीले माग गरेका छन् ।

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगर सफाइको ८२औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आलोकनगर सफाइकर्मी अभियानकर्मीको समूह वाग्मती सफाइ महाभियानको सफाइमा बुद्धनगर पुगेको संयोजक प्रमिला पौडेलले बताइन् ।

चक्रपथ बाफलखण्डको ६४औँ हप्तामा स्युचाटार पुलबाट सोल्टी दोबाटोसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...