News Portal

समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक वीरगन्जमा सम्पन्न

हिमालीसंचार संवाददाता
२०७ पटक

वीरगन्ज -समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार वीरगन्जमा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा भएको बैठक सञ्चालन महासचिव रामकुमार एलनले गर्नु भयो । सो बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्सा अध्यक्ष क.बालगोपाल थापा र वीरगन्ज महानगर अध्यक्ष क. मनोज चौधरीको आतिथिको रुपमा उपस्थिति रहयो ।

बैठकको आरम्भमा केन्द्रीय लेखा आयोगका संयोजक मदन ठाकुरको शपथ निर्णय भयो । बैठकका महत्वपुर्ण निर्णयहरु महासंघका सन्दर्भमा सम्पूर्ण विषयको समन्वय गर्ने कमिटी संयोजक- विश्वमणि सुवेदी, सदस्य नवराज छतकुली, रामकुमार एलन, कृपा भण्डारी, बृजलाल पासवान, जीवन बिसी, नरेन्द्र साउद रहने विशेष कमिटी बैठकले बनाएको छ ।अध्ययनका क्रममा चीनमा रहनु भएका उपाध्यक्ष तेजप्रसाद वाग्लेले दिनुभएको राजीनामा स्वीकृत गरेका छन । विभिन्न समितिमा मनोनीत गर्ने निर्णय गरेका छन ।

उपाध्यक्ष (एसोसिएट्स/प्रतिष्ठान)- सविन शर्मा, ललितपुर/वातावरणमा पत्रकार समूह ,केन्द्रीय अनुशासन आयोगको संयोजक- हरि जोशी, कैलाली ,केन्द्रीय सदस्य- नन्दराम जैसी, जुम्ला ,केन्द्रीय सदस्य- जीवन हमाल, प्युठान ,केन्द्रीय कमिटी बैठक, चैत महिनाभरि, स्थान- लुम्बिनी ,सहाना प्रधान स्मृति पत्रकारिता पुरस्कार ,वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार र डेकेन्द्रराज थापा स्मृति पत्रकारिता पुरस्कारका नाम अनुमोदन गरेका छन । साथै बैठकले पत्रकार महासंघको निर्वाचनका क्रममा प्रदेश र जिल्लास्तरका सम्पूर्ण नीति र निर्णय प्रदेश कमिटीको बैठकले तय गरेबमोजिम हुनेछ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...