News Portal

एनआरएनए अमेरिकाद्वारा नेपाल सरकारसंग गैरआवासीय नेपाली नागरिकताको सुलभ प्रयोजनका लागि पहल

हिमालीसंचार संवाददाता
३०६ पटक

काठमाण्डौ। गैरआवासीय नेपाली (एनआरएन)ले नेपालमा गैर आवासीय नागरिकता प्राप्त गरेतापनि यसको प्रयोग गर्न खोज्दा कठिनाई भएको, सरकारले स्थानिय स्तरमा परिपत्र नगरेको, गैर आवासिय नागरिकता बाहकले भिसा लगाऊन नपर्ने हुदाहुदैं भिसा मागिएको, ओभरस्टे बनाएको भन्ने धेरै गुनासो सामाजिक संजालमा देखिएको र एनआरएनए अमेरिकालाई “यस बिषयमा पहल गरिदिनुपर्यो” भन्ने धेरै गुनासाहरु आएकोमा एनआरएनए अमेरिकाले नेपाल सरकारको परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा यी सबै समस्याको तुरुन्त समाधान गर्न बिन्ती सहितको एक पत्र दर्ता गरेको छ।

यसै प्रसंगमा राखिएको एक जिज्ञासामा एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालले भने “सरकारसॅग दर्ता गरिएको पत्रलाई हामी फलोअप गरिरहन्छौं। यदि गैरआवासीय नेपाली नागरिकताको अधिकार क्षेत्रभित्र नेपालमा यसको प्रयोगको जुन समस्या एनआरएनले भोग्न परिरहेको छ त्यसको तुरुन्त समाधान नभएमा आगामी मार्चमा हुने एनआरएनएको अन्तराष्ट्रिय सम्मेलनको बखत सरकार सॅग आवश्यक भेटघाट तथा छलफल गरि यस समस्याको टुंगो लगाऊन एनआरएनए अमेरिकाको पहल रहनेछ। हामीलाई थाह छ, यो बिषय सजिलो छैन। हामी सफल तब हुन्छौं जब हामीले ऊठाएको मुद्दाको समाधान हुन्छ। समाधान नभएसम्म हामी यो बिषयमा लागिरहनेछौं।

गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समिती निर्बाचनमा अल्मलिदैं पदका लागि एक आपसमा हानालुछी तथा झैझगडा गरिरहेको र एनआरएनका मुद्दा ओझेलमा परिरहेको अवस्थामा नागरिकताको यस गहन बिषयमा सरकारको ध्यानाकर्षणमा गर्न सफल एनआरएनए अमेरिका प्रति अमेरिकाका एनआरएनले गौरव महसुस गरेका छन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...