News Portal

एनआरएनए अमेरिकाद्वारा नेपाल सरकारसंग गैरआवासीय नेपाली नागरिकताको सुलभ प्रयोजनका लागि पहल

हिमालीसंचार संवाददाता
२७५ पटक

काठमाण्डौ। गैरआवासीय नेपाली (एनआरएन)ले नेपालमा गैर आवासीय नागरिकता प्राप्त गरेतापनि यसको प्रयोग गर्न खोज्दा कठिनाई भएको, सरकारले स्थानिय स्तरमा परिपत्र नगरेको, गैर आवासिय नागरिकता बाहकले भिसा लगाऊन नपर्ने हुदाहुदैं भिसा मागिएको, ओभरस्टे बनाएको भन्ने धेरै गुनासो सामाजिक संजालमा देखिएको र एनआरएनए अमेरिकालाई “यस बिषयमा पहल गरिदिनुपर्यो” भन्ने धेरै गुनासाहरु आएकोमा एनआरएनए अमेरिकाले नेपाल सरकारको परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा यी सबै समस्याको तुरुन्त समाधान गर्न बिन्ती सहितको एक पत्र दर्ता गरेको छ।

यसै प्रसंगमा राखिएको एक जिज्ञासामा एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालले भने “सरकारसॅग दर्ता गरिएको पत्रलाई हामी फलोअप गरिरहन्छौं। यदि गैरआवासीय नेपाली नागरिकताको अधिकार क्षेत्रभित्र नेपालमा यसको प्रयोगको जुन समस्या एनआरएनले भोग्न परिरहेको छ त्यसको तुरुन्त समाधान नभएमा आगामी मार्चमा हुने एनआरएनएको अन्तराष्ट्रिय सम्मेलनको बखत सरकार सॅग आवश्यक भेटघाट तथा छलफल गरि यस समस्याको टुंगो लगाऊन एनआरएनए अमेरिकाको पहल रहनेछ। हामीलाई थाह छ, यो बिषय सजिलो छैन। हामी सफल तब हुन्छौं जब हामीले ऊठाएको मुद्दाको समाधान हुन्छ। समाधान नभएसम्म हामी यो बिषयमा लागिरहनेछौं।

गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समिती निर्बाचनमा अल्मलिदैं पदका लागि एक आपसमा हानालुछी तथा झैझगडा गरिरहेको र एनआरएनका मुद्दा ओझेलमा परिरहेको अवस्थामा नागरिकताको यस गहन बिषयमा सरकारको ध्यानाकर्षणमा गर्न सफल एनआरएनए अमेरिका प्रति अमेरिकाका एनआरएनले गौरव महसुस गरेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...