News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपालमा सांस्कृतिक दमन यथावत् : राई

    अस्मिता राई, मोरङ
    १८४ पटक

    माध-२,मंगलबार/मोरङ – किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले नेपालमा सांस्कृतिक दमन यथावत् रहेको बताएका छन्। मोरङको पथरीशनिश्चरे नगरमा मंगलबार यायोक्खा नगर समितिले आयोजना गरेको यलेदोङ किराती समुदायको नयाँ बर्ष ५०८४ को अवसरमा आयोजना शुभकामना आदान-प्रदान कार्यक्रममा राईले सो कुरा बताएका हुन् ।

    उपमहासचिव राईले थप भने; ‘ढोल बनाउन गोरुकै छाला चाहिन्छ’ राईले भने ‘छाला बोकेर हिडेमा पक्रिने, थुन्ने र मुद्धा लगाएर राज्यले अझैपनि राई समुदायको सांस्कृतिक अधिकार माथि दमन गरिरहेको छ ।’ राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुले ढोल, च्याब्रुङ, झ्याम्टाको स्वागत खोज्ने तर छाला खोजेर ल्याउदा जेल हाल्ने क्रम रोकिनुपर्ने राईको भनाई थियो ।

    ढोल, च्याब्रुङको लागि छाला प्रयोग गर्न पाउने नीति नबनाएसम्म स्वागत नखोज्न र सांस्कृतिक बाजा बोकेर जानेहरुले पनि छाला र सांस्कृतिक अधिकार बारे कुरा राख्न सक्ने हुनुपर्ने उपमहासचिव राईको भनाइ थियो ।

    राईले अर्को प्रसंगमा यायोक्खामा आबद्ध नेता, कार्यकर्ताहरु बर्षमा दुई पटक साकेला नचाउने काम मात्र नगरेर अधिकार स्थापनाको लागि आवश्यक पर्दा सडक संघर्षमा निस्किने चेतानाको हुनुपर्ने बताए। यायोक्खाको नगर गाउँ तहका नेता, कार्यकर्ताहरु आफ्नो समुदाय राजनीतिक, भाषिक, सांस्कृतिक, लिपि, आर्थिक अवस्था कुन स्तरमा छ बुझ्ने र आवश्यक पर्दा अधिकारको लागि संघर्षमा आउन सक्ने  हुनुपर्ने बताएका छन् । 

    राईले आफू कुन पार्टीको कार्यकर्ता हुँ भन्नेभन्दा हाम्रो मुद्धा कस्ले बोल्छ, बोक्छ र व्यवाहार गर्छ बुझ्न सक्ने हुनुपर्ने बताए । राणा र पञ्चायत विरुद्ध लड्न एकजुट हुनै पर्ने स्थिति थियो । संघीय गणतन्त्र ल्याएपछि पार्टी भन्दा मुद्धा को सँग छ बुझेर लाग्नुपर्ने र राजनीतिक, सांस्कृतिक अधिकार स्थापित गर्न आ-आफ्नै पार्टीलाई दबाब दिनुपर्ने बताए । 

    कौशिक ऋषिको नामबाट राखिएको कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामकरनको शान्तिपूर्ण आन्दोलनमा जनता गाउँगाउँबाट जाग्नुपर्ने उपमहासचिव राईको भनाइ थियो। कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले प्रतिष्पर्धी क्षमताको बिकास गर्नुपर्ने, एकले अर्काको सम्मान र सद्भाव कायम राख्नुपर्ने बताए । 

    कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगरको प्रमुख प्रशाकीय अधिकृत शशी राई, पूर्ब नगर प्रमुख दिलिपकुमार राई, यायोक्खा मोरङ जिल्ला सचिव काशिहाङ राई लगायतले शुभकामना दिएका थिए । 

    यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, नेपाल आदिबासी जनजाति महासंघको नगर अध्यक्ष देबेन्द्र वनेम, २ र ९ नं. वडा अध्यक्षहरु नैन राई, वीरबहादुर राई, स्थानीय दिलबहादुर तामाङ, शैक्षिक अभियान्ता प्रदीपकुमार राई, पथरी करदाता सेवा कार्यालयका कर अधिकृत आशिस राई लगायतको उपस्थिति रहेको थियो । 

    यायोक्खा पूर्व अध्यक्षहरु सम्मानितः कार्यक्रममा यायोक्खा पथरीशनिश्चरे नगरका पूर्ब अध्यक्षहरु दिलिपकुमार राई, पदम राई (मृत्यु पर्यन्त), बिजय खम्बू, कर्ण राई, अशोककुमार राई, डम्बर राई (मृत्यु पर्यन्त) र साकेला परिषरमा वाबु (चिण्डो) बनाउने परिवारको तर्फबाट लक्ष्मीमाया राईलाई सम्मान पत्र र दोसल्ला तथा टोपीले सम्मान गरिएको थियो । 

    म्युजिकल चेयर खेलमा प्रमुखहुने सम्निमा राई, दोस्रो लिवन राई र तेस्रोहुने रेश्मा राईलाई क्रमस हजार, छ सय र चार सय नगद पुरस्कार प्रदान गरेका थिए । यायोक्खा नगर उपाध्यक्ष प्रेम चाम्लिङ राईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत खड्गबहादुर राई र सचिव निर्माला राईले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्।...

    पोखरामा सनसनीपूर्ण हत्या : वन क्याम्पस नजिकै अन्दाजित ३० वर्षीय युवकको शव फेला

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ अन्तर्गत रहेको वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) नजिकैको...

    भारतमा कोरोना संक्रमण फेरि तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु, नयाँ भेरियन्टको असर देखिँदै

    नयाँ दिल्ली, जेठ २६ – भारतमा पछिल्लो समय फेरि एक पटक कोरोना भाइरस संक्रमणको दर...