News Portal

  • प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन ‘नाम’ को १९औं शिखर सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला जादैं

    हिमालीसंचार संवाददाता/अस्मिता राई
    १५१ पटक

    माध-१, सोमबार/काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दहाल ‘नाम’ शिखर सम्मेलन जनवरी १९-२० मा कम्पालामा हुँदैछ। प्रधानमन्त्रीसँगै छोरी गंगा दाहाल पनि जाने छन् । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल र उच्च सरकारी अधिकारी सहभागी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्रीले जनवरी १९ मा ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उहाँले गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले नामको सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गरेको राज्य भोजमा सनेत सहभागिता जनाउने कार्यक्रम समेत रहेको छ।

    उक्त शिखर सम्मेलनको मार्जिनमा प्रधानमन्त्रीले शिखर सम्मेलनमा सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। ‘नाम’ शिखर सम्मेलन अघि मन्त्रीस्तरीय बैठक जनवरी १७ र १८ मा बस्नेछ ।

    शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री साउद जनवरी १६ मा काठमाडौं प्रस्थान गर्नेछन् । मन्त्रिस्तरीय बैठक अघि माघ १५ र १६ मा वरिष्ठ अधिकारीहरुको बैठक समेत बस्नेछ । शिखर सम्मेलनले तयारी मन्त्रिस्तरीय बैठकको प्रतिवेदनमाथि विचार गर्ने, सन् २०१९ मा सम्पन्न १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुंगो लगाउनेछ ।

    नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरू मध्ये एक हो।

    प्रधानमन्त्री माघ २१ गते काठमाडौं आउँदैछन् । १९औँ नाम शिखर सम्मेलनपछि तेस्रो दक्षिण शिखर सम्मेलन २१ देखि २२ जनवरीसम्म कम्पालामा हुँदैछ । दक्षिण शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव लम्सालले गर्नेछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...