News Portal

प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन ‘नाम’ को १९औं शिखर सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला जादैं

हिमालीसंचार संवाददाता/अस्मिता राई
२१८ पटक

माध-१, सोमबार/काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दहाल ‘नाम’ शिखर सम्मेलन जनवरी १९-२० मा कम्पालामा हुँदैछ। प्रधानमन्त्रीसँगै छोरी गंगा दाहाल पनि जाने छन् । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल र उच्च सरकारी अधिकारी सहभागी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले जनवरी १९ मा ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उहाँले गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले नामको सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गरेको राज्य भोजमा सनेत सहभागिता जनाउने कार्यक्रम समेत रहेको छ।

उक्त शिखर सम्मेलनको मार्जिनमा प्रधानमन्त्रीले शिखर सम्मेलनमा सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। ‘नाम’ शिखर सम्मेलन अघि मन्त्रीस्तरीय बैठक जनवरी १७ र १८ मा बस्नेछ ।

शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री साउद जनवरी १६ मा काठमाडौं प्रस्थान गर्नेछन् । मन्त्रिस्तरीय बैठक अघि माघ १५ र १६ मा वरिष्ठ अधिकारीहरुको बैठक समेत बस्नेछ । शिखर सम्मेलनले तयारी मन्त्रिस्तरीय बैठकको प्रतिवेदनमाथि विचार गर्ने, सन् २०१९ मा सम्पन्न १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुंगो लगाउनेछ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरू मध्ये एक हो।

प्रधानमन्त्री माघ २१ गते काठमाडौं आउँदैछन् । १९औँ नाम शिखर सम्मेलनपछि तेस्रो दक्षिण शिखर सम्मेलन २१ देखि २२ जनवरीसम्म कम्पालामा हुँदैछ । दक्षिण शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव लम्सालले गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...