News Portal

खोटाङमा भूमिहीनलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण

हिमालीसंचार संवाददाता
३०४ पटक

पौष-२७, शुक्रबार/खोटाङ – खोटाङ जिल्लाका भूमिहीन अव्यवस्थित बसोबास गरिरहेका भूमिहिनहरुलाई सरकारले निस्सा वितरण दिन शुरप गरेको छ। राष्ट्रिय भूमिआयोग जिल्ला समिति खोटाङले बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा दिक्तेल, लफ्याङ र दिक्तेल सोल्माका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी गरी ६ धरपरिवारलाई निस्सा वितरण गरेका हुन्।

खोटेहाङ गाउँपालिकाले सम्पूर्ण आफ्ना वडाका लाभग्राहीलाई निस्सा वितरण गरेर पनि सात दिने दाबी विरोधको सूचना सार्वजनिक गरेका छन् । अन्य पालिकाहरुले निस्सा वितरणको योजना बनाईरहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङका अध्यक्ष सुरेश राईले जानकारी दिए। 

खोटेहाङ गाउँपालिकामा भूमिहीन सुकुम्बासी ८ जना, भूमिहीन दलित ५ जना, अव्यवस्थित बसोबासी १० जना, केपिलासगढी गाउँपालिकामा भूमिहीन दलित ६ जना, अव्यवस्थित बसोबासी ६ जना, जन्तेढुंगा गाउँपालिकामा भूमिहीन सुकुम्बासी १५, अव्यवस्थित बसोबासी ३१, हलेसी तुवाचुङ नगरपालिकामा भूमिहीन सुकुम्बासी १४, भूमिहीन दलित ८ जना, अव्यवस्थित बसोबासी १४० र बाराहापोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी १८, अव्यवस्थित बसोबासी ३७ जनाले निस्सा पाउने भएका छन्।

त्यस्तै, रावाबेशी गाउँपालिकामा भूमिहीन सुकुम्बासी १५, अव्यवस्थित बसोबासी ४२, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भूमिहीन सुकुम्बासी १९, भूमिहीन दलित चारजना अव्यवस्थित बसोबासी ५२, ऐसेलुखर्क गाउँपालिकामा भूमिहीन सुकुम्बासी ६ जना, भूमिहीन दलित ४ जना, साकेला गाउँपालिकामा भूमिहीन सुकुम्बासी ६ जना, भूमिहीन दलित ६ जना, अव्यवस्थित बसोबासी ७३ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भूमिहीन सुकुम्बासी ५१, भूमिहीन दलित १६, अव्यवस्थित बसोबासी २ सय जना लाभग्राहीले निस्सा प्राप्त गर्नेछन्।

भूमिआयोगका अध्यक्ष राईका अनुसार खोटाङ जिल्लाभर भूमिहीन सुकुम्बासी १५२ जना, भूमिहीन दलित ४९ जना र अव्यवस्थित बसोबासी ५९१ गरी ७९२ जना लाभग्राहीले निस्सा पाउनेछन्। आयोगले खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बाराहापोखरी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लाभग्राहीको नाममा जग्गा छ/छैन भनि जग्गा प्रमाणिकरणको काम सम्पन्न गरिसकेको छ। 

निस्सा पाएका लाभग्राहीको नेपाल अधिराज्यभरका मालपोत कार्यालयमा तीनपुस्ते नामावाली जाँच गर्दा कुनै पनि ठाउँमा जग्गा नदेखिएमा प्रक्रिया पुगेपछि उहाँहरुले जग्गा पाउने राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङका विज्ञ सदस्य ध्यानबहादुर राईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...