News Portal

  • गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

    हिमालीसंचार संवाददाता
    ३६१ पटक

    काठमाडौं। गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ। कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक भएको हो।

    मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीतसंयोजन रहेको यस गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ। साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ।

    ‘जालहारी’को भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन्। यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङको मुख्य भूमिका रहेको छ।

    नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न विमोचन कार्यक्रमको सभापतितब निर्देशक हाङ चेम्जोङले गरेका थिए भने विशेष अतिथिहरू गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, पान्थर कलाकर सङ्घका अध्यक्ष दिनेश लिङ्देन, चलचित्र कर्मी सङ्घ नेपालका उपाध्यक्ष शैलेन्द्र नाल्बो लगायत रहेका थिए।

    कार्यक्रममा बोल्दै गीतकार आङ्बुहाङले बाँचुन्जेल गीतहरू लेखिरहने बताइन्। उनले भनिन, ‘म बाचुन्जेल निरन्तर गीत लेखिरहने छु। कलमको मसि सकिएला, तर मेरा दिलभित्रका मसीहरू सकिने छैनन्। त्यसैले बाँचुन्जेल दर्शकस्रोताहरूका लागि गीत लेखिरहनेछु।’

    यस अघि थुप्रै गीतहरू लेखिसकेकी गीतकार आङ्बुहाङ विगत केहीसमयदेखि पाठेघर क्यान्सर पीडित छिन्। हाल उपचाररत रहेकी उनले यसअघि म्युजिक भिडियोसहितको ‘मेरी आमा’ भाग- १ र भाग-२ निकालिसकेकी छन् भने उनका दुई पुस्तकसमेत प्रकाशन भएका छन्।

    विमोचन कार्यक्रममा बोल्दै कुलपति राईले भने, ‘कल्पना आङ्बुहाङसँग मेरो व्यक्तिगत परिचय थिएनछ, तर, निर्देशक चेम्जोङ भाइले कल्पना आङ्बुहाङ प्रतिकुल स्वास्थ्यसँग जुधिरहनुभएको छ, जीवनसँग लडिरहनुभएको छ भनेर वहाँको परिस्थिति बताएपछि मैले मन थाम्न सकिन। कुनै पनि कार्यक्रम त्यागेर म आउँछु भनें।’ उनले किरात लिम्भुवानभित्रका शब्दहरू यश गीतभित्र समेटिएको बताए।

    मुन्धुमविद तथा कलाकार यासेली योङ्हाङले संचालन गरेको उक्त कार्यक्रममा एल्बमभित्र काम गर्ने सबैलाई सम्मान गरिएको थियो। संगीतकार तारा प्रकाश लिम्बु, दिनेश बान्तावा, गायक तथा संगीतकार मनोज साङसोन राई, सुरेश साम्पाङ, गायिका सुनिता थेगिम, बाल गायिका रुक्साना लिम्बू, गायिका रचना रिमाल, गायक प्रविन बेडवाल, राजेश पायल राई, कलाकार सुन्दर खवास जालहारी, विपना आङबुहाङ जालहारी, वरिस्ठ निर्देशक हाङ चेम्जोङ, इशाक जबेगु, आयुस्ना श्रेष्ठ, सुन्दर खवास, सामुएल लामा लगायतलाई सम्मान पत्र प्रदान गरिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...