News Portal

मोरङको रंगेलीमा शिवाकोटी समाजले अधिवेशन सम्पन्न गर्दैं कुलपुजा देवाली समेत गरे

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल, मोरङ
३९१ पटक

पौष-१७, मंगलबार/मोरङ – मोरङको शिवाकोटी समाज रंगेलीले आफ्नो कुल पुजा “देवाली” सम्पन्न गरिएको छ। रंगेली- ३ स्थित रञ्जनीमा स्थापना गरेको आफ्नो कुल मन्दिरमा देवाली गर्नेुका साथै बार्षिक साधारण सभा समेत गरेका हुन् ।

मोरङ जिल्ला भरी छरिएर रहेका शिवाकोटी सामुदायहरुलाई संगठित गर्ने उदेश्यका साथ आयोजित कार्यक्रमको आयोजना गरिएको थियो ।  मोरङमा शिवाकोटी समाजले खगेन्द्र प्रसाद सिवाकोटी, मातृका सिवाकोटी, विकास शिवाकोटी, सरस्वत शिवाकोटी, नर्वदा शिवाकोटी, भारत खिनमाँया शिवाकोटी,पम्फादेवी शिवाकोटी, लक्ष्मिदास शिवाकोटी लगायत १३ पुस्ताका शिवाकोटीहरुको विशेष उपस्थित रहेको थियो। 

आयोजित कार्यक्रममा पहिलो अधिवेशनबाट समाजको अध्यक्षमा खगेन्द्र प्रसाद शिवाकोटी, उपाध्यक्ष मातृका शिवाकोटी, सचिव बिष्णु शिवाकोटी ,कोषाध्यक्ष भक्ति शिवाकोटी र सदस्यबरुमा नेरु शिवाकोटी, विकास शिवाकोटी, लक्ष्मि शिवाकोटी, पुजा शिवाकोटी लगायत ११ सदस्य समिति समेत चयन गरिएको छ । 

आयोजित कार्यक्रममा उपस्थित समाजका अगुवाहरुले कुल मन्दिरमा होमपुजा गर्नुका साथै लाख बत्ती समेत बालेर दिप प्रज्वलन गरेर कुलदेवी को विशेष पुजा समेत गरिएको छ। 

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...