News Portal

काठमाडौं विश्वविधालय तथा स्वीजरल्याण्डको सहकार्यमा दुई दिने प्रशिक्षण सम्पन्न

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
२६२ पटक

पौष-१५, आइतबार/काठमाडौं – काठमाडौं विश्वविद्यालय र स्वीजरल्याण्डको इटी एच जुरिच विश्वविद्यालयको सहकार्यमा दुई दिने शिक्षा प्राणाली कार्यक्रम सम्पन्न भएको छ ।

आइल्याव कोशी समूहको अवधारणा प्रस्तुतीकरणका लागि ललितपुरमा भएको शिक्षा प्रणाली प्रयोगशाला इल्याबमा देशै भरिबाट छनौट भएको ७ समुह मध्ये कोशी प्रदेशको प्रतीनिधित्व गर्ने कोशी उदेश्यका साथ  आइल्याव समुह आफ्नो समुहको अवधारणा प्रस्तुत गर्न ललितपुरको गोदावरी भिलेज रिसोर्टमा कार्यक्रम  भएको थियो । 

गत पौष-१३ र १४ गते भएको कार्यक्रममा कोशी आइल्याव समुहले  गरेको कामको बारेमा समेत जानकारी गरेका थिए । कार्यक्रममा सहभागीहरुले  कक्षा कोठा सुधारका लागि कार्यान्वयनमा ल्याउनका लागि विभिन्न काम समेत अघि बढाएर लैजाने गरेको छ । 

टिभिइटी अध्यापन हुने शिक्षालयहरुले आफ्नो कक्षा कोठाको रुपमा परिवर्तन गरि प्रोजेक्टवेश, समुहगत शिकाइका लागि सहज हुने फ्लेक्जिवल फर्निचर राखी कक्षा कोठा बनाउनु पर्ने कुरामा जोड दिएका छन।  

प्रविधिक मैत्री कक्षा कोठा साथै दक्ष शिपयुक्त  जनशक्तिलाई प्रयोगात्मक कक्षा कोठामा प्रशिक्षकको रुपमा राखी शिकाई अभिवृद्धी गर्नुपर्ने कुरामा समुहका सदस्य अजित चापागाईंले बताए ।   कक्षा कोठामा एकै पटक परिवर्तन गर्न नसके, हरेक शिक्षालयहरुमा नमुना कक्षा कोठा तयार पारि प्रभावकारी सिकाइमा सहज हुने गुणस्तरीय शिक्षामा टेवा पुर्याउने विश्वास समेत लिइएका छन । 

कोशी आइल्याव समुहले गरेका कामहरुको भिडियो रेपोर्ट प्रस्तुत गरिएको थिए। कार्यक्रममा कोशी आइल्याव समूहका सदस्य बिना सुब्बा, नारद राई, डाक्टर शिवप्रसाद दहाल, लवकुमार यादव, गोपालप्रसाद दहाल, लक्ष्मी न्यौपाने, प्रतिक्षा गजुरेल र अजित चापागाईँ, क्वालिटी परियोजना तथा काठमाडौं विश्वबिध्यालयका पदाधिकारी एवम् प्रोफेसर डाक्टर सुरेश गौतम, प्रोफेसर प्रकाश पौडेल, रिसर्च असिस्टेन्ट विकास घजु, मेनुका सङ्ग्रौला एवम् सुदुरपश्चिमका मुख्य सचिव डाक्टर हरि लम्साल समेतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...