News Portal

मोरङको रंगेलीमा ट्याक्टरले पैदल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
११२५ पटक

पौष-१४, शनिबार/मोरङ – मोरङको रंगेली नगरपालीका – ८ स्थित वडाकार्यलय अगाडि एक पैदल यात्रुलाई ट्याक्टरले ठक्कर दिएको छ। ट्याक्टरले ठक्कर दिदा एक जनाको धटना स्थलमा मृत्यु भएको हो।

रंगेलीको वडाकार्यालय अगाडिको पूर्वबाट पश्चिमतर्फ जादै गरेको ट्याक्टरले पैदल यात्री स्थानी झमनपुर बस्ने ६८ बर्षीय नारायण राजवंशीलाई ठक्कर दिदा उनको धटना स्थलमै मृत्यु भएको प्रहरीले बताए। रंगेलीको ना. ६ त. ५४९ नम्बरको ट्याक्टर सहित चालक र सह चालकलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। 

ट्याक्टर चालक धनपालथान-४ बस्ने २५ बर्षीय  अजय चौधरी र सह-चालक रंगेली-२ बस्ने ३६ बर्षीय मोहमद अमिरलाई रंगेली प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...