News Portal

सिन्धुलीमा बस र मोटरसाईकल दुर्घटना हुदा खोटाङका दुईजनाको मृत्यु

हिमालीसंचार संवाददाता
७४८ पटक

पौष-९, सोमबार/खोटाङ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित वीपी राजमार्गमा सोमबार बिहान सवारी दुर्घटना हुँदा खोटाङका दुई जनाको मृत्यु भएको छ ।

रामेछापको मन्थलीबाट काठमाडौतर्फ जाँदै गरेको बस र बिपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्कीदा दुर्घटना भएको प्रहरीले बताएको हो ।

मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारीले चलाएको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बस र बागमति प्रदेश ६० प ३५४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएको थियो।  

मोटरसाइकल चालक हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाका २० वर्षको सुसन राई र उनको पछाडी बसेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १८ वर्षीया मुनाकला राईको घटना स्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। प्रहरीका अनुसार बस र चालक प्रहरीको नियन्त्रणमा छ। 

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...